स्वास्थ्य स्वयंसेविकालाई साइकल

Share Icon

६ चैत,दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक-एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताउनुभयो ।

“स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भन्नुभयो, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पु¥याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताउनुभयो । “मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.