Share Icon

४ असोज,काठमाडौं । ३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् ।

सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको उनीहरुले दावी गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो ।

Facebook Comments Box

Share Icon