लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन

Share Icon

काठमाडाैं । राष्ट्रिय एकता अभियानले लुम्बिनीमा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन गरेकाे छ । अभियानका लुम्बिनी संयोजक भूपेन्द्र यादवको नेतृत्वमा रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिकामा चिनियाँ आक्रमण र सांस्कृतिक विनाशबिरुद्ध प्रदर्शन भएको हाे ।

प्रदर्शनकाे क्रममा अभिन्ताहरूले चीन लुम्बिनीकाे विनाश गर्न बन्द गर, चिनियाँ हस्तक्षेप बन्द गर, चिनियाँ विस्तारवाद मुर्दावाद, युनेस्को-लुम्बिनीलाई चिनियाँ विनाशबाट जोगाउन पहल गर, लुम्बिनी बचाऊ, बुद्धको विरासत बचाऊ, चिनियाँ हस्तक्षेपबाट लुम्बिनी बचाऊ, लुम्बिनी बिक्रीको लागी हैन, यसलाई चिनियाँ शोषणबाट बचाउ भन्दै नाराबाजी लगाएकाे थिए।

अभियानका लुम्बिनी संयोजक यादवले चीनले पछिल्लाे समय नेपालमाथि विभिन्न काेणबाट आँखा लगाइरहेकाे बताउनु भयाे । उहाँले चीनकाे विस्तारवादी नीतिलाई हामी सबै जना मिलेर नराेकेसम्म नेपालकाे विकास सम्भव नहुने दाेहर्‍याए ।

उहाँले चीनकाे विस्तारवादी नीतिविरुद्ध सबै जना एक जुट हुनुपर्नेमा जाेड दिए। उहाँले चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न काेणबाट कसरत गरिरहेकाे आराेप लगाए ।

लुम्बिनी विकास कोषसँग लुम्बिनी परिसरमा रहेको चिनियाँ गुम्बाले दीप प्रज्वलनको अनुमति लिएर सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएपछि अभियानले विराेध जनाएकाे हाे ।

बिहीबार केही समयका लागि दीप प्रज्वलनको अनुमति पाएको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर नै छेकिने गरी स्टेज र बोर्ड राखेपछि अभियानले विराेध प्रदर्शन गरेकाे अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.