जमुने- पोखरा सडक निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति, सम्झौता रद्द गर्ने चेतावनी

Share Icon

काठमाडौं । चिनियाँ कम्पनीलाई ठेक्कामा दिइएको जमुने-पोखरा सडकमा कछुवा गतिमा काम भइरहेको छ। सडक खण्ड निर्माणका लागि तोकिएको समयको आधाभन्दा बढी समय घर्किसक्दा पनि काम भने निकै सुस्त भइरहेको छ।

ठेक्का सम्झौता भएको आधा अवधि बितिसक्दा पनि पृथ्वी राजमार्गको पश्चिम खण्ड विस्तारको काम भने ७ प्रतिशत मात्रै भएको छ। विस्तारको कामले गति नपाएपछि यात्रुहरुले सास्ती भोग्दै आइरहेका छन् भने राजमार्ग र आसपासका बासिन्दा धुलो र हिलोले बस्‍नुपार्ने बाध्यता छ।

चिनियाँ कम्पनी आन्हुई काइयुवान हाइवे एन्ड ब्रिज कम्पनी लिमिटेडले तनहुँको जमुनेदेखि कास्कीको पोखरासम्मको सडक खण्ड २०२४ सेप्टेम्बरसम्म विस्तार गरिसक्ने समयसीमासहित सडक विस्तारको २०२१ जुन १६ मा ठेक्का सम्झदता गरेको थियो।

७.४ बिलियन लागतम सडक विस्तारको ठेक्का सम्झौता भएको थियो।आयोजना प्रमुख अमृत श्रेष्ठले निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण परिचालन नगरेकाले सो कामले गति लिन नसकेको बताए।

समयमै काम सम्पन्न गर्न ठेकेदारलाई पत्राचार गरिसके पनि प्रगति सन्तोषजनक नभएको उनले गुनासो छ। ‘गल्ती सच्याउन निर्माण कम्पनीलाई मौका दिनेछौं, कामले गति नदिए ठेक्का खारेज गर्न सक्छौँ,’ उनले भने।

सांसद शंकर भण्डारीले शनिबार निर्माण स्थलको निरीक्षण गरेका छन्। उनले गुणस्तर कायम गर्दै छिटो काम गर्न ठेकेदारलाई निर्देशन दिए। ४१ दशमलव ४५ किलोमिटर सडक विस्तार गर्दा दुवैतर्फको सडकको सीमा २५–२५ मिटर र घना बस्ती भएका सहरी क्षेत्रमा ४१ मिटर चौडाइ हुनेछ।

नयाँ डिजाइनअनुसार तनहुँको दमौलीदेखि डुम्रेसम्मको सडकको चौडाइ ४१ मिटर र दुलेगौडादेखि खैरेनीटार बजार, कोत्रेबजार र कास्कीको गगनगौडादेखि पोखरासम्म ४६ मिटरको हुनेछ। सडकलाई सहरी क्षेत्रमा सर्भिस लेन र अन्य क्षेत्रमा चार लेन गरी ६ लेनमा विस्तार गरिने उल्लेख छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.