गढवामा लालपुर्जा वितरणका लागि नापजाँच कार्य सुरु
आलोक भावुक गढवा । दाङ देउखुरीको गढवा गाउँपािलका वडा नम्बर ३ काे खैरा गाँउबाट भुमिहिन सुकुम्बासी ,भुमिहिन दलित तथा अब्यवस्थित बसाेबासीहरूले बर्साै देखि जाेतभाेग गरिरहेकाे जग्गा लाई लाल पुर्जा विवरणकाे लागि नापजाँच गर्ने कार्य सुभारम्भ भएकाे छ । भुमिहिन दलित, सुकुम्बासी आयोग संग समन्वय गर्दै दाङ्को गढवा गाउँपालिकाले वडा नम्बर १ र २ को नापजाँच कार्य सम्पन्न गरेर आज वडा नम्बर ३ मा नाप नक्सा कार्य सुरु गरेको गढवा गाउँपालिका भूमि शाखाका सञ्जित पौडेलले जानकारी दिनुभयो। नाप नक्सा कार्य सुरु भएपछी बर्षौ देखी लालपुर्जा बिहिन नागरिकहरुलाई लालपुर्जा प्राप्त हुने आशा पलाएको भुमिहिनहरु बताउंछन् । यस भन्दा पहिले गढवा गाउँपालिकाले वडा…
