हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

Share Icon

सिमकोट । हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो।

प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट लुकिछिपी ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको हो।

प्रहरी नायव उपरिक्षक भिमलाल भट्टराईले पचास लाख चालीस हजार मूल्य बराबरको मदिरा नियन्त्रणमा लिएको बताए। यो मदिरा एक महिनाको अवधिमा प्रहरी नियन्त्रणमा लिन सफल भएको हो।

कोरोनाको अवधिमा हिल्सा नाका बन्द हुँदा चिनियाँ मदिरा जिल्लामा भित्रिन बन्द भएको थियो। गत वैशाख १८ गते चीनले हिल्सा नाका दुईतर्फी सञ्चालनमा ल्याउदा चिनियाँ मदिरा भित्रिन थालेको हो।

चीनले अन्य ब्यापारी प्रयोजनका सामान नेपाल निर्यातमा कडाई गरेको भएपनि मदिरा भने सहजै छोड्ने गरेको पाइएको हो। नियन्त्रणमा लिइएको मदिरा नष्ट गर्ने वा लिलामी गर्ने निर्णय पछि गरिने प्रहरीले जनाएको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.