एशियाली खेलकुदको १९औं संस्करणकाे चीनमा भव्य उद्घाटन
काठमाडौं । एशियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ । ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबीच १९ औं एसियाडको औपचारिक उद्घाटन गर्नुभएकाे हाे । १९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार मात्रै गरिएको हो । उद्घाटन समारोहमा सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए । एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको आधिकारिक गीत ‘द लभ वि सेयर’ को प्रस्तुतिसँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा…
