पूर्वराष्ट्रपति भण्डारीद्वारा काजी पांडे र कपर्दार पांडे श्रद्धाञ्जली पुस्तिका विमोचन
६ असाेज,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ । काठमाडौंको तलेजु भवानी मन्दिर परिसरमा काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको काजी तुलाराम पाँडेको २ सय ५५ औं पुण्यतिथिको अवसरमा आयोजित स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी तुलाराम पाँडे र कपर्दार भोटु पाँडे श्रद्धाञ्जली पुस्तिका लोकर्पण गर्नुभएको हो । सोही स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीले काजी पाँडेको स्मरणमा उहाँको तस्वीरमा माल्यार्पण र पुष्पगुच्छा समेत अर्पण गर्नुभएको थियो । टिष्टुङ, पालुङ, दहचोक, गोरखाको विजयी अभियानमा काजी तुलाराम पाँडेले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । वि.स। १८२५ आश्विन १४ गते (इ) १७६८…
