सोह्र श्राद्ध आजदेखि सुरू
१३ असाेज,काठमाडौं । सोह्र श्राद्ध आज (शनिबार) देखि सुरू भएको छ । सोह्र श्राद्धलाई पितृ पक्ष आरम्भ भएको रुपमा लिइन्छ । सोह्र श्राद्धको पहिलो दिन नै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले यो तीथिलाई सोह्र श्राद्ध भनिएको हो । चाडपर्व तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ । सोह्रश्राद्धमा…
