शुक्लागण्डकीमा शीतभण्डार निर्माण
१५ असोज,तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ लालिममा एक सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । नगरपालिकाको आन्तरिक स्रोतबाट रु तीन करोडको लगानीमा उक्त शीतभण्डार निर्माण गरिएको हो । उक्त नगरपालिकाको वडा नं ८ आलु र वडा नं ११ सुन्तला खेतीका लागि पकेट क्षेत्रका रुपमा विकास गरिएको छ । नगरपालिकाले आलु र सुन्तला खेतीलाई मध्यनजर गर्दै करिब पाँच रोपनी सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरेको इञ्जिनियर तारापति भट्टराईले जानकारी दिनुभयो । शीतभण्डार बनेसँगै यहाँका कृषकले उत्पादन गरेका कृषिउपज स्टोरका लागि पोखरा लैजानुपर्ने बाध्यता हट्ने भएको छ । “भवन निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रहेकाले सञ्चालन…
