अर्थ

दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि

काठमाडौं । दशैँका लागि नयाँ नोट सटही असोज २९ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैँ र तिहारमा पनि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको हो । गएको वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सटही सुविधा हुनेछ । राष्ट्र बैंकको मुख्य कार्यालय, प्रादेशिक कार्यालय र बैंक तथा वित्तीय संस्थामार्फत नयाँ नोट सटही सुविधा पाइनेछ ।
Read More
चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा, कहाँ–कहाँ खुल्ने छन् ?

चाडपर्व लक्षित ‘सुपथ मूल्य पसल’ आजदेखि सञ्चालनमा, कहाँ–कहाँ खुल्ने छन् ?

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आउँदो मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् । उपभोक्ताको सहजताका लागि अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन मुख्य पर्वको अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले सुपथ पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य राखेको छ । चाडपर्वको समयमा उपभोक्ता बजारमा…
Read More
नेपाल र रोमानियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र रोमानियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर

२० असाेज, काठमाडौं । नेपाल र रोमानियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुबीच रोमानियाको राजधानी बुखारेष्टमा द्धीपक्षीय श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको हाे ।युरोपियन महादेशमा श्रम सम्झौता हुने रोमानिया पहिलो मुलुक हो । श्रम सम्झौताले नेपालबाट रोमानिया जाने नेपाली श्रमिकको भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने विश्वास गरिएको छ । श्रममन्त्री भण्डारीले रोमानियासँग श्रम बजारको फराकिलो सम्भावनाको ढोका खुलेको बताउनुभयो  ।उहाँले दुई देशबीच सम्बन्धलाई सम्झौताले अझ बढी प्रगाढ पार्ने बताउनुभयो । नेपाल र रोमानियाबीचको कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष भयो । रोमानियामा धेरै जसो होटल, निर्माण, उद्योग र पशुपालनका क्षेत्रमा…
Read More
नेप्से परिसूचकमा सुधार

नेप्से परिसूचकमा सुधार

१७ असोज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ६७ दशमलव ९७ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८४ कम्पनीको ४३ लाख २३ हजार २१ कित्ता शेयर ५८ हजार सात सय ४१ पटक खरिदबिक्री हुँदा रु एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बैङ्किङ समूहको उपसूचक सामान्य अङ्कले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ५२ र…
Read More
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

१५ असोज,काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर एक हजार नौ सय ७६ दशमलव २९ अङ्कमा कायम भएको हो । आज दुई सय ८६ कम्पनीको ५७ लाख ७६ हजार आठ सय ९६ कित्ता शेयर ८५ हजार पाँच सय ९१ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७३ करोड ७३ लाख १४ हजार ९२ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहको उपसूचक घट्दा अरु सबै समूहका उपसूचक बढेको छन् । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३३ र म्युचुअल फन्ड समूहको उपसूचक…
Read More
नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावट

नेप्से परिसूचकमा ३३ दशमलव २० अङ्कको गिरावट

१४ असोज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच…
Read More
पेट्रोलियम पदार्थको मूल्य बढ्याे 

पेट्रोलियम पदार्थको मूल्य बढ्याे 

१४ असाेज,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले शनिबार रातिदेखि लागू हुने गरी ग्याँसमा प्रतिसिलिन्डर २ सय १५ रुपैयाँ, पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर २ रुपैयाँ बढाएको हो । त्यसै गरी हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । मूल्य वृद्धि भएसँगै एक सिलिन्डर ग्याँसको २ हजार १ सय १० र काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ८५ र डिजेल-मट्टितेल प्रतिलिटर १ सय ७५ रुपैयाँँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
Read More
विमानस्थलबाट ३ किलो सुनसहित एक विदेशी महिला पक्राउ

विमानस्थलबाट ३ किलो सुनसहित एक विदेशी महिला पक्राउ

१३ असाेज, काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ परेकी फिलिपिनी नागरिक रहेको प्रहरीले बताएकाे हाे । युएई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरीले बताए । शुक्रबार साँझ दुबईबाट काठमाडौं आउँदै गरेकी ३० वर्षकी फिलिपिनी नागरिक सुनसहित पक्राउ परेकी हन् । थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
Read More
प्रधानमन्त्री दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायीः अध्यक्ष ढकाल

प्रधानमन्त्री दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायीः अध्यक्ष ढकाल

१३ असाेज,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको बताउनुभएको छ । उहाँले नेपालमा चिनियाँ लगानी बढाउनुका साथै अन्य आर्थिक सम्भावनाको खोजी गरिएको बताउनुभएकाे हाे। चीनसँग संयुक्त लगानीका लागि केही सम्झौता भएको र नेपालमा चिनियाँ लगानी भित्रने उहाँको भनाइ थियो । सम्मेलन मार्फत चिनियाँ व्यवसायीलाई नेपालमा लगानीको सम्भावना रहेको सन्देश दिएको उहाँको भनाइ छ । प्रधानमन्त्रीले नेपालमा चिनियाँ लगानीको सुरक्षा र सहयोगको प्रतिवद्धता व्यक्त गरेका कारण चिनियाँ लगानीकर्ता पनि उत्सुक देखिएकाले यो भ्रमण आर्थिक दृष्टिले फलदायी भएको अध्यक्ष ढकालले बताउनुभयाे। सिसिपिआइटीका प्रतिनिधि र चिनियाँ मन्त्रीले नेपालमा लगानीका प्रशस्त सम्भावना आफूहरूले…
Read More
अर्थ समितिको कार्यविधि, २०८० आज स्वीकृत

अर्थ समितिको कार्यविधि, २०८० आज स्वीकृत

१२ असाेज,काठमाडौं । अर्थ समितिले समितिको कार्यविधि, २०८० स्वीकृत भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको कार्यविधि मस्यौदामाथि दफावार छलफलपछि कार्यविधि स्वीकृत गरेको हो । बैठकमा समिति सभापति सन्तोष चालिसेले अर्थसमिति सञ्चालन कार्यविधि, २०८० सर्वसहतले पारित भएको बताउनुभयो । उहाँले कार्यविधिअनुसार निर्धारित समयको ३० मिनेट बितिसक्दासम्म बैठक सुरु हुन नसकेमा सभापतिले स्थगित गर्नसक्ने व्यवस्था राखिएको बताउनुभयो । समिति सभापति चालिसेले बैठकको कार्यसूचीकाे बारेमा ४८ घण्टा अगावै समितिका सदस्यलाई जानकारी गाराइसक्नुपर्ने व्यवस्था रहेको पनि बताउनुभयो । उहाँले बैठकको कार्यसूचीमा परेका विषयको गाम्भीर्य, प्रकृति र महत्व हेरी बैठक सञ्चालन गर्ने र समयावधि तोक्ने जिम्मेवारी सभापतिलाई तोकिएको चालिसेले बताउनुभयो ।…
Read More
Page 7 of 42
1 … 5 6 7 8 9 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.