अर्थ

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द गर्‍यो प्राधिकरणले

२४ असोज, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार बन्द गर्ने भएको छ। भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ। शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचनामा जनाएको छ।
Read More
केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २२ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी पुस २६ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँको ट्रेजरी…
Read More
यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

यस्ताे छ आजकाे विदेशी मुद्रा विनिमय दर

काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ं.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.०२ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १२८.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १२८.६३ रुपैयाँ रहेको छ । त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १४५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.३६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ रहेको छ भने बिक्री दर ८४.०८ रुपैयाँ रहेको छ । त्यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद…
Read More
Page 42 of 42
1 … 40 41 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.