अर्थ

सुनको मूल्य बढ्याे

सुनको मूल्य बढ्याे

२१पौष , काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख तीन हजार एक सय कायम भएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार नौ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु दुई सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख दुई हजार चार सय थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
Read More
बढ्याे सुनको मूल्य

बढ्याे सुनको मूल्य

२० पौष , काठमाडौँ ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार नौ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार एक सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले घटेर प्रतितोला रु एक हजार चार सयमा आएको महासङ्घले जनाएको छ…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे लागि चीनबाट लिएकाे ऋण ‘आत्मघाती’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाे लागि चीनबाट लिएकाे ऋण ‘आत्मघाती’

काठमाडाैं । चीनले दिएकाे ऋणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण सम्पन्न भएकाे छ । जसकाे आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन समेत गरेका छन् । तर गत २ जेठ २०७९ मा भैरहवामा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित रहेकाे अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकाे छ । यो बेला धेरैको मनमा उठेको प्रश्न छ, ‘पोखराको सुविधासम्पन्न नयाँ विमानस्थलको हालत पनि भैरहवाको गौतमुबद्ध विमानस्थलको जस्तै हुन्छ कि ?’ तथ्यमा हेर्ने हो भने भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका केही समानताहरु छन् । यी दुबै विमानस्थल स्थानीय क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरेर बनेका हुन् । तर, यी दुबै विमानस्थल…
Read More
जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

जगदुल्ला जलविद्युत् आयोजनाको निर्माण अगामी वर्षदेखि

जाजरकोट । जगदुल्ला जलविद्युत् आयोजना आगामी वर्षदेखि निर्माणमा जाने भएको छ । आयोजनाले मुआब्जा वितरण, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र विद्युत् खरिद बिक्री सम्झौता (पिपिए)को काम पनि अन्तिम चरणमा पुगेछ । आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले अर्को वर्षदेखि निर्माण सुरु गर्ने बताए । दुई सय ५२ रोपनी जग्गा अधिग्रहणदेखि डिपिआर सम्पन्न भइसकेको सापकोटाले बताए। अर्धजलाशयुक्त आयोजना स्वदेशी लगानीबाट निर्माण गर्ने भनिएको छ । आयोजनाको विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग सम्झौताका लागि फाइल पुगेको आयोजना प्रमुख सापकोटाले बताए । विद्युत् उत्पादनगृह रहेको इलमा सडक लैजानका लागि त्रिवेणीबाट काम सुरु भएको र विद्युत् उत्पादनगृहलगायतका ठाउँमा पूर्वाधारका काम भइरहेको उनको भनाइ छ…
Read More
प्रचण्ड प्रधानमन्त्री भए लगत्तै भारतले दियो दुई आयोजनाको बिजुली निर्यात अनुमति

प्रचण्ड प्रधानमन्त्री भए लगत्तै भारतले दियो दुई आयोजनाको बिजुली निर्यात अनुमति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्ति भए लगत्तै भारतले थप दुईवटा जलविद्युत् आयोजनाबाट बिजुली निर्यात गर्ने अनुमति दिएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालको काबेली बी १ (२४.२५ मेगावाट) र तल्लो मोदी (१९.४) मेगावाटको बिजुली निर्यात गर्न अनुमति दिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इकागजलाई बताए । यी दुई आयोजनासमेत गरी भारतले हालसम्म ४५२.६ मेगावाटका १० वटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न अनुमति दिइसकेको छ । माथिल्लो तामाकोसी (४५६ मेगावाट) लगायतका अन्य आयोजनाको भने भारतले हालसम्म अनुमति दिएको छैन ।
Read More
सरकार र अर्थमन्त्री फेरिएसँगै शेयर बजारमा उछाल

सरकार र अर्थमन्त्री फेरिएसँगै शेयर बजारमा उछाल

१२ पाैष, काठमाडौं । नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पाैडेल नियुक्त भएसँगै शेयर बजार उच्च अंकले उकालाे लागेकाे छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको सरकार ढलेसँगै र नयाँ अर्थमन्त्री पौडेल बन्छन् भन्ने चर्चा हुनासाथ सोमबारबाट नै शेयर बजार बढ्न थालेको हाे । सोमबार शेयर बजार करिब ५७ अंकले बढेको थियो भने मंगलबार ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३.९५ विन्दुमा पुगेर बन्द भयाे । मंगलबार कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको…
Read More
अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

९ पाैष, काठमाडौँ । अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो । स्वदेशी र विदेशी उद्योगी तथा व्यवसायीबीच परस्पर व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले नेपालमा पहिलोपटक ‘गोल्डस्टार १६औँ अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी–२०७९ हुन लागेको हो । स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म जोड्ने मुख्य उदेश्यले प्रदर्शनी गर्न लागिएको सङ्घका अध्यक्ष नानीराज घिमिरेले जानकारी दिनुभयो । नेपालमा उत्पादन भएका जुत्ताचप्पललाई विश्व बजारमा पु¥याउन प्रदर्शनीबाट सहयोग पुग्ने उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको जुत्ताचप्पल मेलाले विदेशमासमेत नेपाली उत्पादन निर्यात गर्न सहज हुने अध्यक्ष घिमिरेले बताउनुभयो । स्वदेशमा उत्पादित जुत्ताचप्पललाई…
Read More
घट्यो आज सुनचाँदीको मूल्य

घट्यो आज सुनचाँदीको मूल्य

८ पाैष, काठमाडौँ ।  नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार तीन सय ९० कायम भएको…
Read More
मलकाे अभाव अन्त्य कहिले हुन्छ सरकार ?

मलकाे अभाव अन्त्य कहिले हुन्छ सरकार ?

६ पाैष, काठमाडाैं । लुम्बिनी प्रदेश बर्दिया जिल्लास्थित गुलरिया नगरपालिका वडा नं. १० का कृषि व्यवसायी दिपकसिहं थारुले राजनीति विज्ञान विषयमा मास्टर डिग्री गर्नुभएको छ । उहाँ मास्टर डिग्री गरेता पनि विगत दुई दशक देखि निरन्तर कृषि व्यवसायमा लाग्नुभयाेकाे छ ।उहाँले भन्नुभयो, ‘मलाई अरु कुनै क्षेत्रमा रुची लागेन किनभने कृषि क्षेत्रमा शिक्षित युवाहरुको खाँचो छ , कृषि क्षेत्रमा पनि भविष्य छ ।’ कृषि क्षेत्रमै केही गर्छु  साथै कृषिमा आधुनिकीकरणमा ल्याउनको लागि आफु लागि परेकाे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू कृषि पेसामा आबद्ध भएको २० वर्ष पुग्यो, कृषि पेसामा मैले धेरै मिहनेत र सघंर्ष गरेको छु ।’ उहाँले कृषि पेसामा…
Read More
सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

सुन प्रतितोला रु एक लाख पाँच सय पुग्यो

३ पौष , काठमाडौँ ।  नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख पाँच सय तोकिएको छ । शुक्रबार दिन प्रतितोला रु ९९ हजार नौ सयमा कारोबार भएको यो सुनको मूल्य आज प्रतितोला रु छ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार चार सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार तीन सय ८० पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन…
Read More
Page 40 of 42
1 … 38 39 40 41 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.