जुत्ता सिलाउने व्यवसायबाट मनग्य आम्दानी
२९ पाैष,काठमाडौँ । घर छोडेर सडकमा पुग्नुभएका ललितपुरको भँैसीपाटी निवासी ४९ वर्षीय राजेन्द्र रोका जुत्ता सिलाउने पेसामै ३५ वर्ष बिताउनुभएको छ । कक्षा ४ सम्म परिवारसँग बसी पढ्दै आउनुभएका उहाँ साथीहरुको सङ्गतमा परेर सडकलाई नै आफ्नो बासस्थान बनाएको बताउनुहुन्छ । सुरुमा ११ वर्षको उमेरमा दरबारमार्गस्थित जुत्ता सिलाउने र पालिस लागउने काम गरियो, केही समयपछि साथीहरुको लहलहैमा ठमेलको उत्से होटेल बाहिर दैनिक गुजारा चलाउन बाह्य पर्यटकसँग पैसा माग्ने क्रममा तीन वर्ष बिताइएको राजेन्द बताउनुहुन्छ । सोही बखत उहाँको बाल्यकालको दिनचर्या देखेर एक स्वीस नागरिकले अध्ययनका लागि होस्टेलमा राखी ललितपुर माध्यमिक विद्यालयमा भर्ना गरिदिएका थिए । करिब दुईवर्ष सम्पूर्ण खर्च बेहोरी पढाइका…
