केशोर र बयरको बजार बढ्दै
९ माघ,महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न फसलको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको बजार बढेको छ । वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि बयर र केशोरको महत्व निकै हुन्छ । बस्ती÷बस्तीका विद्यालय र घरघरै पनि उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजामा प्रसादका रूपमा बयर र केशोरको प्रयोग गरिने भएकाले यो बेला यी उत्पादनले राम्रो बजार पाउँछन् । पर्व नजिकिँदै गर्दा किसान केशोर खन्न र बजार पु¥याउन…
