ह्वत्तै बढ्याे सुनकाे मुल्य
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ ।
साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा १ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५ हजार पुगेको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आइतबार चाँदी तोलामा १३९० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा १३६५ रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box







