Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग कुरा गर्दै उनले सात दलबीच कुनै विवाद नरहेको दाबी गर्दै आइतबार बेलुकासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरिएको बताएका थिए ।

‘केपी ओलीजीसँग मन्त्रिमण्डल विस्तारबारे सहमतिनजिक पुगेको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यसपछि पर्सी नै बैठक बस्ने आन्तरिक तयारी छ ।’ शनिबार बिहान उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल गरेका थिए ।

पूर्ण मन्त्रिमण्डल विस्तार भइसकेपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनका लागि माघ ३ गते सर्वदलीय बैठक बस्ने उनले बताए ।

Facebook Comments Box

Share Icon