कालोसूचीमा परेका कम्पनीले चीनबाट मल ल्याएपछि नबुझ्ने अडान

Share Icon

काठमाडौं । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् ।

आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ ।

यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ ।

२०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ । ‘कृषि सामग्री कम्पनीको इजाजतबिनै कम्पनीले मल ल्याएकाले बुझ्न सकिँदैन,’ एक अधिकारीले भने, ‘हामीले पटकपटक मल ल्याउन ताकेता ग¥यौं तर कम्पनी सम्पर्कविहीन भयो ।’

मलको अभावले किसान छटपटाइरहेका बेला मल ल्याउने ठेक्का पाएका कम्पनी सम्पर्कविहीन भएपछि कृषि सामग्री लिमिटेडले बाध्य भएर चारवटा कम्पनीलाई कालोसूचीमा राखेको ती अधिकारीको दाबी थियो । कृषि सामग्री लिमिटेडले कालोसूचीमा राखेपछि ती कम्पनी मल ल्याउँछौं भन्दै उच्च अदालत गए ।

उच्च अदालतले मल ल्याउन दिन भन्यो । अदालतको आदेश कार्यान्वयन गर्दै कृषि सामग्री कम्पनी लिमिटेडले ४५ दिनभित्र मल ल्याउनका लागि समयसीमा दिए पनि कम्पनीका व्यक्ति नै सम्पर्कविहीन भएको कृषिका एक कर्मचारी बताउँछन् ।

‘समय थप्दा पनि मल नल्याएपछि यी कम्पनीको सम्झौता रद्द गरेर सार्वजनिक अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको थियो,’ ती कर्मचारीले भने ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.