अर्थ

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

अब भारतीयले नेपालमा क्यूआरबाट पैसा भुक्तानी गर्न पाउने

काठमाडौं । अब नेपालमा आउने भारतीयहरूले क्यूआरबाट पैसा तिर्न पाउने भएका छन् । भारतको यूपीआई प्रयोग गरिरहेका भारतीयहरूले नेपालको फोन पेको क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा ल्याइएको हो । भारतको पेमेन्ट्स कर्पोरेन अफ इन्डिया (यूपीसीआई) अन्तर्गतको अन्तर्राष्ट्रिय भुक्तानी सेवा दिने कम्पनी एनआईपीएल र नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सेवा शुक्रबारबाट सुरू भएको हो । उनीहरुले युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) मार्फत नेपाल–भारत क्रसबोर्डर कारोबार सुरू भएको जानकारी गराएका हुन् । यूपीआई प्रयोगकर्ता भारतीयले नेपालका पसल, होटेल, रेष्टुराँलगायत फोन पेमा आबद्ध व्यवसायीलाई क्युआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने भएका छन् । भारतको मुम्बईमा गत सेप्टेम्बरमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको…
Read More
भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

भारतीय पर्यटकलाई लक्षित गर्दै इसेवाले ल्यायो अन्तर्राष्ट्रिय भुक्तानी सेवा

काठमाडाैं । नेपालमा सबैभन्दा धेरै पर्यटकहरू छिमेकी मित्र राष्ट्र भारतबाट नै आउने गरेका छन्। अर्थतन्त्रको बलियो खम्बा रहेको पर्यटन व्यवसायमा पर्यटकहरूलाई सहजता प्रदान गर्न इसेवाले अन्तर्राष्ट्रिय भुक्तानी सेवा ल्याएको बताएको छ। अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरू भएसँगै भारतीय पर्यटकहरूलाई नेपालमा क्युआर कोडमार्फत् डिजिटल कारोबारको भुक्तानी गर्नलाई सजिलो हुने भएको छ। फोनपे क्युआर लिएका साना तथा मझौला व्यवसाय सञ्चालन गर्ने इसेवा मर्चेन्टहरूलाई हाललाई यो सेवा उपलब्ध भएको इसेवाले आफ्नो आधिकारिक ब्लगमार्फत् जानकारी गराएको छ। नेपालको भुक्तानी सेवा सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच नेपाल–भारत अन्तरदेशीय भुक्तानी सेवाको साझेदारी स्वरूप उक्त सेवा आउन लागेको हो।…
Read More
राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

राष्ट्र बैंकले बढायो संस्थागत मुद्दती निक्षेपलाई दिने ब्याजको सीमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले संस्थागत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरको सीमा बढाएको छ । मौद्रिक नीतिको कार्यान्वयनका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दै संस्थागत मुद्दती निक्षेप खातामा दिने ब्याजदरको सीमा बढाएको हो । यसअघि संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर सर्वसाधारणलाई मुद्दतीमा प्रदान गर्ने ब्याजभन्दा २ प्रतिशतले न्यून हुनुपर्ने व्यवस्था थियो । यो व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले सर्वसाधारणको मुद्दती निक्षेपमा दिनेभन्दा १ प्रतिशत बिन्दुले मात्रै कम हुनुपर्ने व्यवस्था गरेको हो । यस्तै, बोलकबोलको आधारमा सङ्कलन हुने मुद्दती निक्षेप (स्वेदशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दुभन्दा बढी नहुने…
Read More
केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसी भन्छन्– ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्छ

केसीले भनेजस्तो ५ सय र हजारको नोट प्रतिबन्ध गर्न सम्भव छ ? काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा जारी कांग्रेस महासमिति बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भारतले जस्तै नेपाल सरकारले पनि नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका छन् । बैठकमा १४ बुँदे धारणा राख्दै उनले ५ सय र हजारको नोट प्रतिबन्ध गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले देशको मुद्रालाई कालोधनको माध्यम बन्न नदिन विमुद्रीकरण गर्नुपर्ने बताएका हुन्। त्यसका लागि सरकार तयार हुनुपर्ने उनको भनाइ थियो। यसको नेतृत्व पनि नेपाली कांग्रेसले गर्ने आँट गर्नुपर्ने बताएका हुन्। उनले भने–‘माफिया, बिचौलिया, कालोधनका धनपतिहरूले सत्तामा पकड जमाएका छन् भन्ने आम विश्वास…
Read More
नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

नागरिकताका बनाउन झुटो विवरण दिने दुई जनालाई ५० हजार जरिवाना

इलाम । नागरिकता प्रमाणपत्र बनाउन झुटो विवरण दिने इलामका दुई जनालाई ५० हजारका दरले जरिवाना फैसला भएको छ । इलाम जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सूर्योदय नगरपालिका–५ का ५० वर्षीय भुवनसिंह गजमेर र २२ वर्षीय चेतन गजमेरलाई बिहीबार यस्तो फैसला सुनाएको हो । भुवनसिंहले भतिजो चेतनलाई ‘आफ्नै छोरो हो’ भन्दै झुटो विवरण दिइ नागरिकता बनाउन प्रयास गरेका थिए। जन्मदर्ताका आधारमा चेतन भुवनसिंहको छोरो हो भनी सनाखत गर्ने स्थानीय लीला विश्वकर्मा, शिरबहादुर कामी, कुमारी तामाङ, ललिता विश्वकर्मा र चन्द्रबहादुर घलेले भने अदालतबाट सफाइ पाएका छन्।
Read More
इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट

इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट

काठमाडौँ । विगत ४ बर्षदेखि नेपाली बजारमा PURE EV ब्रान्डको इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको ह्वाइट लोटस मोटर्सले विशेष उपहार योजना ल्याएको छ । जसअनुसार अर्न्तगत प्रत्येक स्कुटरको खरिदमा ४५ हजारसम्म छुट दिन थालिएको छ । यो योजना फाल्गुन १ गतेदेखि बैशाख ३१ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । राजधानीको ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरको विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले PURE EV ब्रान्डका स्कुटहरुको विक्री वितरण गर्दै आएको छ । ग्राहकको सुविधाको लागि कम्पनीले काठमाडौँभित्र कालो पुल र बुद्वनगरमा अत्याधुनिक सर्भिस सेन्टरद्वारा विक्री पछिको सेवा दिँदै आईरहेको छ ।
Read More
अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौता

काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन्। जसमा नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको उक्त सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए। उक्त समझदारीअनुसार भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना हुनेछ। राष्ट्र बैंकको भनाइमा सम्झौतासँगै नेपाल…
Read More
पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

पाथीभरा मन्दिरमा एक महिनामै जम्मा भयो २४ लाख भेटी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) मा गत माघ एक रु २४ लाख एक हजार पाँच सय भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघमा छ हजार सात सय एक जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरी चढाएको भेटी रु २४ लाख एक हजार पाँच सय भेटी संकलन भएको समितिले जनाएको छ। माघ मसान्तसम्ममा समितिको कोषमा जम्मा बैंक मौज्दात रु आठ करोड ९४ लाख ५४ हजार ४५ रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए। गत साउनदेखि माघसम्ममा ९८ हजार तीन सय भक्तजनले पाथीभरा मन्दिर पुगेर पूजापाठ गरेको समितिले जनाएको छ। बाह्रै महिना तीर्थयात्री…
Read More
पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

पाल्पा जीप दुर्घटना : शोकमा आज तिनाउ गाउँपालिकामा बिदा, मृतकका परिवारलाई राहत

पाल्पा । जिप दुर्घटनामा १० जनाको मृत्यु भएको शोकमा पाल्पाको तिनाउ गाउँपालिकाले आज पालिकाभर शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयमा बुधबार शोक बिदा दिने निर्णय गरेको हो । साथै दुर्घटनामा मृत्यु भएका पाँच जनाको परिवारलाई तिनाउ गाउँपालिकाले जनही ३५ हजार रुपैंयाको दरले राहत दिने भएको छ । उक्त दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अन्य १६ जना घाइतेको उपचार जारी छ। ओभर लोडको काराण जिप आफैँ अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो।
Read More
घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

काठमाडौँ । चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो । पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ ।…
Read More
Page 1 of 42
1 2 3 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.