एक वर्षमा नेपाल एयरलाइन्सले बढायो पाँच अर्ब ७८ करोडको आम्दानी
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आम्दानीमा उल्लेखनीय सुधार आएको जनाएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आर्थिक वर्ष २०७९–८० मा निगमको आम्दानी २२ अर्ब २४ करोड रूपैयाँको पुगेको छ। नागरिक उड्डयन प्राधिकरणले ग्राउन्ड हेन्डलिङ सेवा प्रतिस्पर्धाबाट दिने तयारी गरेपछि अहिले निगमको आम्दानीको विषयमा चासो व्यक्त भएको छ। यसै सन्दर्भमा निगमले जारी गरेको विज्ञप्तिअनुसार आर्थिक वर्ष २०७८–७९ को तुलनामा निगमको आम्दानी पाँच अर्ब ७८ करोड अर्थात् ३५ प्रतिशत बढेको छ। निगमले यस आर्थिक वर्षमा १६ अर्ब ४६ करोड रूपैयाँ आम्दानी गरेको थियो। आर्थिक २०७८–७९ मा भने निगमको यस्तो आम्दानी ८० प्रतिशतले बढेको थियो। महालेखा परीक्षकको कार्यालयको लेखा…
