अर्थ

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

सयपत्री फूलको व्यावसायिक खेतीबाट आम्दानी

–अजयकुमार साह  २१ कात्तिक, धनुषा । लहरै रोपिएका सयपत्री फूलका बिरुवा । कुनैमा हाँगा हालेर झपक्क परेका, कुनै हलल बढेर ढल्न आँटेका बिरुवाको स्याहारमा व्यस्त देखिनुहुन्छ फूल व्यवसायी रामप्रवोध पण्डित । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ हरैयाका रामप्रवोध पण्डित व्यावसायिक सयपत्री फूल खेती गर्नुभएको छ । पण्डितले चार वर्षअघि कोरोनाको समयमा बन्दाबन्दी हुँदा कामविहीन भएपछि सुबधिमाई पूmल भण्डार तथा उत्पादन शाखा सञ्चालन गरेर व्यावसायिक फूल खेती सुरुवात गर्नुभएको थियो । हरैयामा १० कट्ठा जमिन भाडामा लिएर उहाँले व्यावसायिक फूल खेती सुरु गर्नुभएको थियो । सुरुमा फूल खेतीसम्बन्धी अनुभव नहुँदा र लगातार दुई वर्षको बन्दाबन्दीमा खासै आम्दानी गर्न नसके पनि व्यवसायलाई उहाँले निरन्तरता…
Read More
शेयर बजारको ओरालो यात्रा कायमै

शेयर बजारको ओरालो यात्रा कायमै

१५ कात्तिक,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा आज पनि कायमै देखिएको छ । हिजो मङ्गलबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज पाँच दशमलव ८३ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ५८ दशमलव ५६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९६ कम्पनीको ३३ लाख ६४ हजार ५६ कित्ता शेयर ७७ हजार आठ सय ७० पटक खरिदबिक्री हुँदा रू ८१ करोड २० लाख ८९ हजार दुई सय ९१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । लगानी समूह शून्य दशमलव ०८ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेका छन्…
Read More
बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल

बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित हुन्छ: मन्त्री भुसाल

१४ कार्तिक, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले बीउ विजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ । १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले बीउ विजनसम्बन्धी नियमावली छिटाे बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताउनुभयो । मन्त्री भुसालले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्‍याइएको बताउनुभयो । उहाँले बीउ विजनसम्बन्धी नयाँ नियमावली छिट्टै पारित गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले सरकार आफ्नो उत्पादनको…
Read More
सुन तोलामा पाँच सय रूपैयाँ घट्याे

सुन तोलामा पाँच सय रूपैयाँ घट्याे

१३कात्तिक,काठमाडाैँ।  स्थानीय बजारमा सुनको मूल्य सोमबार पाँच सय रूपैयाँले घटेको छ। आइतबार अहिलेसम्मकै महँगो मूल्यमा कारोबार भएको सुन केही सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावालको सुनको मूल्य प्रतितोला  एक लाख १७ हजार थियो। त्यस्तै, सोमबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार नौं सय ५० तोकिएको छ। आइतबारको लागि तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार चार सय ५० रूपैयाँ तोकिएको थियो। त्यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० तोकिएको छ। आइतबारको तुलनामा चाँदी पाँच रूपैयाँले सस्तो…
Read More
विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्नुपर्छः सांसद सुवाल

विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्नुपर्छः सांसद सुवाल

१२ कार्तिक,काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालीको सम्पतिको सीमांकन गर्ने र विदेशमा सम्पति राख्न नपाउने व्यवस्था गर्न जरुरी रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्दै सांसद सुवालले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि नेपालीहरुको विदेशमा सम्पति भएको खबर बाहिर आएको भन्दै उहाँले नेपालीको सम्पतिको सीमांकन गर्न आवश्यक रहेको बताउनुभयो । नेपालीलाई योग्यताअनुसारको काम र कामअनुसारको ज्याला पाउने बन्दोबस्त गर्नुपर्ने सांसद सुवालले बताउनुभयो । देशको सन्तुलित विकास गरी हाल भइरहेको बसाईंसराईलाई व्यवस्थित गर्नुपर्ने र अहिले भएको सरकारी बिदाको एक चौथाई बिदा कटौती गर्नुपर्ने माग समेत उहाँले गर्नुभयो । प्रधानमन्त्री, मन्त्री, सांसद र उच्च अधिकारी समेतले स्वयंसेवी…
Read More
सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला १ लाख १७ हजार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतिताेला १ लाख १७ हजार

१२ कार्तिक,काठमाडौं। सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ । छापावाल सुनको मूल्य आइतबार प्रतिताेला १ लाख १७ हजार रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे हाे । साथै तेजावी सुनको मूल्य भने आइतबार प्रतिताेला १ लाख १६ हजार ४ सय ५० र चाँदीको मूल्य १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार पछिल्लो १२ दिनमा ५ हजार १ सय  रुपैयाँले सुनको मूल्य बढेको छ । कार्तिक १ गतेदेखि प्रत्येक दिन जसो उच्च मूल्यमा कारोबार भइरहेको सुनको मूल्य शुक्रबार एकै दिन तोलामा १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । कार्तिक १ गतेदेखि सुनको…
Read More
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १६ हजार

१० कार्तिक, काठमाडौं । सुनको मूल्यमा  शुक्रबार नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यलेले शुक्रबार नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । महासघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १६ हजार रूपैयाँ कायम भएको छ । दशैं अघिको अन्तिम कारोबार कार्तिक ३ गते छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५ सय  रुपैयाँ थियो । दशैंपछि शुक्रबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ४ सय ५० रूपैयाँ तोकिएको छ ।
Read More
भारतद्वारा नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति

भारतद्वारा नेपालसहितका ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति

एजेन्सी। भारतले नेपालसहित ७ देशमा १० लाख टन गैरबासमती चामल निर्यात गर्न अनुमति दिएको छ । भारत सरकारले नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समा १० लाख टनभन्दा बढी गैरबासमती चामल निर्यात गर्न अनुमति दिएको हो । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालयले राष्ट्रिय सहकारी निकासी लिमिटेडमार्फत निकासी गर्न अनुमति दिएको हो । गैरबासमती सेतो चामलको निर्यात नेपाल, क्यामरुन, कोटे डि आइभोर, गिनी, मलेसिया, फिलिपिन्स र सेशेल्समामा मात्रै हुनेछ । नेपालका लागि ९५ हजार टन, क्यामरुनका लागि १ लाख ९० हजार टन, मलेसियाका लागि १ लाख ७० हजार टन, फिलिपिन्सका लागि २ लाख ९५…
Read More
नेपाल वायुसेवा निगमका नयाँ जहाज किन्न बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमका नयाँ जहाज किन्न बोलपत्र आह्वान

५ कार्तिक,काठमाडौं। नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीन वटा जहाज किन्न बोलपत्र आह्वान गरिएको हाे । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्रको अन्तिम म्याद ५ डिसेम्बरसम्म छ । निगमको संरचनात्मक एवं व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिदमा लगानी गर्न सुझाव दिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिनिधि सभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा रहेको बताउनुभएकाे थियाे ।
Read More
सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

सुनको मूल्यमा फेरि बन्यो नयाँ रेकर्ड, तोलाकै एक लाख १५ हजार पाँच सय

३ कात्तिक, काठमाडाैँ ।  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।बिहीबार पनि रेकर्ड बनाएको सुनको मूल्य तोलामा एकै दिन एक हजार आठ सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। आज शुक्रबार सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल…
Read More
Page 5 of 42
1 … 3 4 5 6 7 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.