अर्थ

काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

काभ्रेमा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद

३ कार्तिक, काठमाडौं । काभ्रेकाे बनेपामा राजस्व छलेर ल्याएको ९२ बोरा चिनी बरामद भएको छ । उक्त चिनी इलाका प्रहरी कार्यालय बनेपाको प्रहरी टोलीले बरामद गरेको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित अरनिको राजमार्गमा सवारी जाँच गर्दा ना ६ ख ६२१९ नं को ट्रकमा राजस्व छलेर ल्याएको ५० किलोका ९२ बोरा चिनी भेटिएको हो । चिनीसहित ट्रक र ट्रकका चालकलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रकमा धानको बोराले छोपेको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार रुपैयाँ मुल्यको चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बिहीबार ट्रक पनौतीबाट बनेपातर्फ आइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिइएको…
Read More
नयाँ नोट सटही सुविधा भोलिसम्म

नयाँ नोट सटही सुविधा भोलिसम्म

२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भएको दशैं–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले शुक्रबारसम्म पाउने भएका छन् । सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न सुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा कार्तिक ३ गते शुक्रबारसम्म रहने राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारण नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले पाइरहेका छन् । नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका…
Read More
एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

एक महिनामा २५ अर्ब थपियो विदेशी मुद्रा सञ्चिति, झण्डै १६ खर्ब पुग्यो

३० असोज, काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो । अमेरिकी डलरमा भदौ मसान्तसम्म १२ अर्ब १ करोड विदेशी मुद्रा…
Read More
सुन चाँदीको मूल्य घट्यो

सुन चाँदीको मूल्य घट्यो

३० असोज, काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार एक लाख १२ हजार ३०० रुपैयाँमा छापावाल सुन, एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन र १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
Read More
नेप्से परिसूचकको ओरालो यात्रा जारी

नेप्से परिसूचकको ओरालो यात्रा जारी

२९ असोज, काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ३८ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ७४ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट भएको छ । विभिन्न कम्पनीका ४८ लाख ३७ हजार आठ सय ९३ कित्ता शेयर रु एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको…
Read More
सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार?

सुनको भाउ घट्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ कारोबार?

२९ असाेज, काठमाडाैँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ। आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा भने…
Read More
सरकारले रोगी र निरोगी खसी-बोका छुट्याउनका लागि चिन्ह लगाउने

सरकारले रोगी र निरोगी खसी-बोका छुट्याउनका लागि चिन्ह लगाउने

२९ असाेज, काठमाडौं । सरकारले दशैंका लागि खसी–बोका र च्याङग्रा परीक्षण गरी चिन्ह लगाउने भएको छ । सरकारले खसी-बोका परीक्षण गरी शुद्ध र स्वस्थ्य खसी–बोकाको सिङमा ‘हरियो’ र रोगी खसी–बोकाको सिङमा रातो रङ लगाउने भएको हाे । उपत्यकाका विभिन्न ११ वटा स्थानबाट खसी-बोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया सुरु भएको पशु सेवा विभागले जनाएको छ । विभागले पशु र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै स्वस्थ्य खसी-बोकाको सिङमा ‘हरियो’ र रोगीलाई ‘रातो’ चिह्न लगाउने अभियान सुरु गरिएको जनाएको छ । कलंकी खसी बजार, बल्खु, कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, रांगाबजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघारी च्याङग्राबजार र बालाजु बाइपास…
Read More
यसै वर्ष १० वटा जहाज थप्ने सरकारको तयारी 

यसै वर्ष १० वटा जहाज थप्ने सरकारको तयारी 

२८ असाेज, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चालू वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ । आइतबार मन्त्रीनिवास पुलचोकमा सत्तारुढ दल नेपाली कांंग्रेसको विद्यार्थी संगठन (नेविसंघ) ले चाड  पर्वका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले इनधनको भाउ बढेका कारण भाडादर बढेको भन्दै चाड पर्वका बेलामा हुने कालो बजारीलाई रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी वक्तव्य जारी गर्ने बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताउनुभयो । मन्त्री किराँतीले…
Read More
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

२४ असोज,काठमाडौँ । यो सातामा कारोबारको लगातार तीन दिनसम्म घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज चौथौं दिन भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ८६ कम्पनीका ३७ लाख ३३ हजार पाँच सय २४ कित्ता शेयर ५५ हजार एक सय ९७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब आठ करोड ८५ लाख ४७ हजार नौ सय ८० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३, निर्जीवन बीमा समूह शून्य दशमलव…
Read More
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

२२ असोज,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज परिसूचक १२ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय आठ दशमलव ६६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ८७ कम्पनीको ४३ लाख २७ हजार एक सय ७९ कित्ता शेयर ४८ हजार चार सय ४४ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि कुल बजार पुँजीकरण रू २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख ३० हजार पाँच सय एक कायम भएको छ । उत्पादन तथा प्रशोधन समूहको…
Read More
Page 6 of 42
1 … 4 5 6 7 8 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.