अर्थ

सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक नराख्ने सभापति चालिसेकाे चेतावनी 

सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक नराख्ने सभापति चालिसेकाे चेतावनी 

१२ असाेज, काठमाडाैं ।अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताउनुभएकाे छ। शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सभापति चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताउनुभएकाे हाे। समितिको बैठकले दिएका निर्देशन सरकारले कार्यान्वयन नगर्दा बैठक भक्ता मात्रै लिएको नकारात्मक सन्देश गएको उहाँको भनाइ छ । समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको उहाँले बताउनुभयाे। आजसम्म गरेका समितिका निर्णयहरू ८० प्रतिशत कार्यान्वयन भएका रहने छन् । ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै…
Read More
सुनको मूल्य दैनिक ओरालो लाग्ने क्रम जारी

सुनको मूल्य दैनिक ओरालो लाग्ने क्रम जारी

१२ असाेज,काठमाडौं । सुनको मूल्य ओरालो लाग्ने क्रम शुक्रबार पनि जारी रहेकाे छ। अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेर १ लाख ८ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे । बिहिबार पनि एकै पटक १४ सयले घटेर १ लाख ९ हजार ६ सयमा कारोबार भएको थियो । बुधबार पनि ८ सयले नै घटेर १ लाख ११ हजारमा आइपुगेको थियो । मंगलबार पनि ४ सयले ओरालो लागेर १ लाख ११ हजार ८ सयमा कारोबार भएको थियो । सोमबार भने १ लाख १२ हजार २ सयमा स्थिर रहेको थियो ।…
Read More
इजिप्ट र युएईले मुद्रा आदान-प्रदान सम्झौतामा हस्ताक्षर गरे

इजिप्ट र युएईले मुद्रा आदान-प्रदान सम्झौतामा हस्ताक्षर गरे

एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदान-प्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् । ४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् । यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ । यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारिशिलाको रुपमा काम गर्ने  जनाइएकाे छ। यो सम्झौतले युएई र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने युएई केन्द्रीय बैंकका गभर्नर खालेद बालामाले बताउनुभयो ।
Read More
दूध बेचेर करोडौं रूपैयाँ गाउँमा भित्र्याउँदै कृषक

दूध बेचेर करोडौं रूपैयाँ गाउँमा भित्र्याउँदै कृषक

९ असाेज, बागलुङ । बागलुङका किसानले दूध बिक्री गरेर प्रत्येक वर्ष करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । जिल्लाको काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँमा भित्र्याएका हुन् । जैमिनीका किसानले सहकारीमार्फत पर्वत र कास्कीको पोखरामा दूध निर्यात गर्छन् । काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत बजारमा दूध पुर्याउने गरेका छन् । सङ्घबाट यहाँका किसानले एक वर्षमै रु सात करोड ३४ हजार १९ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकले आम्दानी गरेका हुन् । बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा…
Read More
नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनीकाे चासाे

नेपालको पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद भोजनीकाे चासाे

सिबी अधिकारी ६ असोज, काठमाडौं ।अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवर्द्धनमा चासो देखाउनुभएको छ । नेपाल र नेपालीप्रति आफ्नो अगाध माया र स्नेह रहेको भन्दै नेपालको पर्यटन प्रवर्द्धन र नेपाली समुदायको सहयोगका लागि आफू सदैव सक्रियताका साथ लाग्ने विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक नेपाल भ्रमण आउनुभएका उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जानुअघि काठमाडौंमा भएको एक अन्तरक्रियामा अमेरिकामै बसेर नेपालको पर्यटन प्रवर्द्धनका लागि सक्रिय हुने बताउनुभयो । पाकिस्तानी मुलका भोजनी अमेरिकी–टेक्सास राज्यमा पहिलो मुसलमान समुदायका सांसद हुनुहुन्छ । उहाँ नेपाली समुदायबीच निकै लोकप्रिय हुनुहुन्छ । निर्वाचनका बेला ढाका टोपी र दौरा सुरुवालमा नेपालीहरुमाझ मत मागेको स्मरण…
Read More
साताको शेयर बजारः चार दिनमा ७अर्ब ३६ करोड बढीको कारोबार

साताको शेयर बजारः चार दिनमा ७अर्ब ३६ करोड बढीको कारोबार

६ असोज, काठमाडौं। यो हप्ता शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो दिन उच्च अङ्कले घटी बाँकी तीन दिन लगातार बढेर बन्द भएको छ । यो साता कूल चार दिनको कारोबारमा सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ मूल्य बराबरको धितोपत्र खरिद बिक्री भएको हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शेयर बजारमा साताकोे कारोबारको पहिलो दिन आइतबार कुल दुई सय ७८ कम्पनीका ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० मूल्य बराबरमा खरिद बिक्री भएको छ । आइतबार नेप्से परिसूचक ४२ दशमलव १४…
Read More
नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न मन्त्री आचार्यकाे निर्देशन  

नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न मन्त्री आचार्यकाे निर्देशन  

६ असाेज, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले दिगो विकास लक्ष्य एवं आवधिक योजनाले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्ने गरी कार्यक्रम तर्जुमा गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ । समाज कल्याण परिषद्द्वारा काठमाडौंमा शनिबार आयोजित ४४ औं सामाजिक सेवा दिवसलाई सम्बोधन गर्दै उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । सन् २०३० सम्म नेपाललाई समुन्नत राष्ट्रको रुपमा चिनाउने गरी योजना तर्जुमा गर्न पनि उहाँले निर्देशन दिनुभएको हो । उहाँले सामाजिक संस्थाले पारदर्शीता, परियोजनाहरुको कार्यकुशलता, प्रभावकारितामा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले गैर सरकारी क्षेत्रबाट हुने सबै काम कारबाहीलाई सरकारको एकद्वार नीति अनुरुप समाजकल्याण परिषदमार्फत सञ्चालन गर्नेगरी कार्य…
Read More
गण्डकी प्रदेशमा गाई-भैंसी कल्याण मापदण्ड कार्यान्वयन गरिंदै

गण्डकी प्रदेशमा गाई-भैंसी कल्याण मापदण्ड कार्यान्वयन गरिंदै

६ असोज, गण्डकी । गण्डकी प्रदेशमा गाई-भैंसीप्रति हुने निर्दयी व्यवहार रोक्न गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले गाई-भैंसी कल्याणसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ । व्यावसायिक गाई-भैंसी फार्मलाई पशु कल्याणको अवस्था सुनिश्चित गर्न सो मापदण्ड जारी गरिएको हो । गत वर्ष कात्तिकमा मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको मापदण्ड अहिलेसम्म लागू हुन सकेको थिएन । पशुकल्याणका क्षेत्रमा क्रियाशील संस्था ‘स्नेहाज केयर’सँगको सहकार्यमा मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले अग्रसरता लिएको हो । असल अभ्यासमार्फत पशुपक्षीजन्य उपजको उत्पादन तथा उत्पादकत्व वृद्धि, उत्पादनको स्वच्छता अभिवृद्धि र आर्थिक लाभ बढाउन गाईभैँसीको कल्याणमा जोड दिइएको हो । घरायसी प्रयोजनका लागि पालिने गाई वस्तुमाथि हिंसा र निर्दयी व्यवहारका…
Read More
सुनको दैनिक आयात कोटा दोब्बरले वृद्धि

सुनको दैनिक आयात कोटा दोब्बरले वृद्धि

५ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गरिने सुनको कोटा दोब्बर बनाएको छ । राष्ट्र बैंकको निर्णयसँगै अब वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । यसअघि दैनिक १० केजी सुन आयात हुँदै आएको थियो । ‘सुन आयातको कोटा दोब्बर बनाउने निर्णय भएको छ’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘सरकारको सिफारिसमा बजारमा सुनको आपूर्ति सहज बनाउन यस्तो निर्णय गरिएको हो ।’ तर राष्ट्र बैंकले कोटा वृद्धिको निर्णय परिपत्र भने गरिसकेको छैन ।
Read More
गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण

गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण

५ असोज,गण्डकी । ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो । एउटा खेलमैदानका लागि पाँच लाख २५ हजारदेखि बढीमा १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताउनुभयो । “चालु आवमा पनि खेलमैदान निर्माणका लागि चार करोड रूपैयाँ बजेट छ”, उहाँले भन्नुभयो, “मन्त्रालयले मापदण्ड बनाएर नयाँ प्रस्ताव आह्वान गर्छ ।” गत आवमा ‘एक स्थानीय तह एक खेलमैदान’…
Read More
Page 8 of 42
1 … 6 7 8 9 10 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.