इजिप्ट र युएईले मुद्रा आदान-प्रदान सम्झौतामा हस्ताक्षर गरे
एजेन्सी । इजिप्ट र संयुक्त अरब इमिरेट्स (युएई) को केन्द्रीय बैंकहरुले बिहीबार मुद्रा आदान-प्रदान स्म्झौतामा हस्ताक्षर गरेका छन् ।
४२ अर्ब इजिप्टियन पाउण्ड (लगभग १.३६ बिलियन अमेरिकी डलर) र ५ अरब युएई दिर्हाम नाममात्र मूल्यमा साटासाट गर्न सहमत भएका हुन् । यो सम्झौता इजिप्ट र युएईबीचको सम्बन्धलाई सबै तहमा सदृढ गर्ने विश्वास लिइएको छ ।
यो सम्झौताले दुई पक्षबीचको संयुक्त आर्थिक सहयोगको आधारिशिलाको रुपमा काम गर्ने जनाइएकाे छ। यो सम्झौतले युएई र इजिप्टबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने युएई केन्द्रीय बैंकका गभर्नर खालेद बालामाले बताउनुभयो ।
Facebook Comments Box