Share Icon

काठमाडाैं । चिनियाँ युवाहरूमा बेरोजगारी दर बढ्दै गएको छ। प्रत्येक पाँचमध्ये १ युवा बेरोजगारी छन्। अर्थात् २० प्रतिशत युवाहरूले चीनमा काम पाएका छैनन्।

१६ देखि २४ वर्ष उमेर समुहमा गरिएको एक सर्वेक्षण अनुसार चीनमा युवा बेरोजगारी दर १९.६ प्रतिशत रहेको छ। राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार चीनमा ११ लाख युवा बेरोजगार रहेको सीएनएनले जनाएको छ।

चीनले सहरी क्षेत्रको रोजगारी तथ्यांक मात्र सार्वजनिक गर्छ। बेरोजगारी दर बढ्दै गएपछि हङकङले समस्या समाधानका लागि चीनसँग प्रस्ताव गरेको छ।

चीनको विशेष प्रशासनिक क्षेत्रका रूपमा पनि चिनिने हङकङको दुईदेखि तीन वर्षका बेरोजगार युवाहरूलाई ग्रामिण इलाकामा रहेको ग्वाङ्तोङस्थित पावरहाउस कम्पनीले जागिरको अफर गरेको छ।

विद्यावारिधी गरेका विद्यार्थीसहित बेरोजगार युवाहरूका लागि जागिर प्रस्ताव गरिएको हो। चीनले ३ लाख बेरोजगार युवाहरूलाई तीन वर्षका लागि ग्रामिण क्षेत्रमा पठाएको छ।

गत डिसेम्बरमा मात्रै राष्ट्रपति सी चिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष माओत्सेतुङले दशकौँ अघि सुरु गरेको ‘ग्रामिण अर्थतन्त्रको पुर्नस्थापना’ अभियान अनुसार सहरी युवाहरूलाई गाउँ फर्किन आह्वान गरेका थिए।

Facebook Comments Box

Share Icon