प्रभु बैंक र सेञ्चुरी बैंक मर्ज, पुस २६ गतेबाट एकीकृत कारोबार

Share Icon

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले मर्जर प्रक्रिया पूरा गरी यही पुस २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

मर्जर प्रक्रियामा रहेका यी दुवै बैंकले राष्ट्र बैंक र कम्पनी रजिस्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै ‘प्रभु बैंक लिमिटेड’को नामबाट आगामी मंगलबारबाट एकीकृत कारोबार सुरु गर्ने भएका हुन्।

सोही कारण भोलि शुक्रबार राति १० बजेदेखि मंगलबार बिहान ९ः४५ बजेसम्म बैंकबाट प्रदान गरिने सेवाहरु (एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ) समेत बन्द रहने प्रभु बैंकले जनाएको छ।

प्रभु बैंकका अनुसार मंगलबार बिहान ९ः४५ बजेपछि बैंकका सबै सेवा यथावत रुपमा सञ्चालन हुने जनाएको छ।

प्रभु–सेञ्चुरी बैंकलाई १ः१ को स्वाप रेसियामा गाभेको हो। सम्झौताअनुसार एकीकृत कारोबारपछि बन्ने बैंकको सञ्चालक समितिमा प्रभु बैंकबाट ४ जना र सेञ्चुरीबाट ३ जना हुनेछन्।

त्यस्तै, सीईओका रुपमा हालका प्रभु बैंककै सीईओ रहनेछन् भने सेञ्चुरीका हालका सीईओ बैंकमा सिनियर डेपुटी सीईओका रुपमा रहनेछन्। अहिले प्रभु बैंकको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ छ। मर्जरपछि बन्ने बैंकको चुक्तापुँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.