सन्‌राइज बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा विशेष छुट

Share Icon

२४ पाैष,काठमाडौं ।  सन्‌राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।

यसैक्रममा बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग सम्झौता गरेको छ।

सन्‌राइज बैंक लिमिटेड तथा फ्रन्टलाइन हस्पिटलकाबीच बैंकका ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौता अनुसार बैंकका ग्राहकहरुले यस बैंकको क्रेडिट, डेबिट कार्ड वा मोवाइल बैंकिङमार्फत् फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्नेछन्।

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउन सक्ने जनाइएको छ।

सम्झौतामा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ् अफिसर सुरेश कुमार मनोहरनले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सम्झौतापश्चात, फ्रन्टलाइन हस्पिटलका डाक्टरले बैंकका कर्मचारीहरुलाई मधुमेह सम्बन्धी सचेतना र कर्मचारीको सामान्य परीक्षण गराएका थिए।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.