Share Icon

६ पाैष, काठमाडाैं । लुम्बिनी प्रदेश बर्दिया जिल्लास्थित गुलरिया नगरपालिका वडा नं. १० का कृषि व्यवसायी दिपकसिहं थारुले राजनीति विज्ञान विषयमा मास्टर डिग्री गर्नुभएको छ ।

उहाँ मास्टर डिग्री गरेता पनि विगत दुई दशक देखि निरन्तर कृषि व्यवसायमा लाग्नुभयाेकाे छ ।उहाँले भन्नुभयो, ‘मलाई अरु कुनै क्षेत्रमा रुची लागेन किनभने कृषि क्षेत्रमा शिक्षित युवाहरुको खाँचो छ , कृषि क्षेत्रमा पनि भविष्य छ ।’

कृषि क्षेत्रमै केही गर्छु  साथै कृषिमा आधुनिकीकरणमा ल्याउनको लागि आफु लागि परेकाे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफू कृषि पेसामा आबद्ध भएको २० वर्ष पुग्यो, कृषि पेसामा मैले धेरै मिहनेत र सघंर्ष गरेको छु ।’ उहाँले कृषि पेसामा सुरुमा सानो क्षेत्रफलमा भटमास उत्पादन गर्दै आएको हाल २०विगाह जमिनमा गहँ खेती गरीरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘मैले कृषि क्षेत्रमा लागेकाे प्रतिफल देखेर वडामा अरू पनि उत्प्रेरित भई कृषि पेसामा आबद्ध भएका छन् ।’हाल वडामा कृषिक्षेत्रमा कृषकहरु बिच प्रतिस्पर्धा नै चलिरहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा काम गर्न सजीलो छैन, खोजेको बेला मल पाइदैन र उत्पादन गरेको वस्तुले पनि बजार नपाउने समस्या छ । किसानलाई सधै मलकाे अभव अन्ते कहिले हुन्छ सरकार भनेर प्रश्न समेत गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘ सिँचाईको लागि सरकारले विद्युतीकरणको व्यवस्था गरेेकाेमा खुसी छु तर किसानकाे सबैभन्दा ठुलाे समस्या भनेकाे मल हाे । हामीले कहिल्यै चाहेकाे बेलामा मल पाएनाै कसरी हुन्छ कृर्षीमा क्रान्ती चाहाने र यसैमा भबिश्य खाेजिरहेका हामी जस्ता युवाले सधै मलका लागी भाैतारि रहनपर्ने यस्काे अन्ते कहिले हुन्छ ?  कहिले मलकाे समस्या बाट छुट्कारा पाउने राज्यले कहिल्य सुनवार्इ गर्छ? सरकारले हाम्राे समस्या समाधानका लागी कहिल्यै  साेचेन खालि कृर्षी प्रदान देश भनेर नारा मात्र लगाएर केही नहुने उल्लेख गर्नुभयाे।’

सरकारले हामी किसानलाई आवश्यकताअनुसार मलको व्यवस्था गरि दिए बालीनाली उत्पादन गर्न सहज हुने बताउनुभयाे। उहाँले हामीले मलका लागि वडादेखि जिल्ला प्रशासन कार्यालयसम्म धाउँदा पनि कुनै सुनवाई नभएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ कुनै दिन परिवर्तन हुन्छ भन्ने आशाले सघंर्ष गरिरहेका छाैं। जुनसुकै पेशामा पनि लगनशिल भएर निरन्तरता दिए सफल अवश्य हुने बताउनुभयाे ।

Facebook Comments Box

Share Icon