विमानस्थलबाट ३ किलो सुनसहित एक विदेशी महिला पक्राउ

१३ असाेज, काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सात सय ग्राम सुनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् ।
पक्राउ परेकी फिलिपिनी नागरिक रहेको प्रहरीले बताएकाे हाे । युएई हुँदै काठमाडौं आएकी उनलाई सुनसहित शुक्रबार साँझ पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक प्रहरीले बताए ।
शुक्रबार साँझ दुबईबाट काठमाडौं आउँदै गरेकी ३० वर्षकी फिलिपिनी नागरिक सुनसहित पक्राउ परेकी हन् । थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
Facebook Comments Box