ट्र्याक्टरले किच्दा युवकको मृत्यु

Share Icon

२२ चैत,ढोरपाटन । बागलुङमा ट्र्याक्टरले किच्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवामा ट्र्याक्टरले किच्दा पूर्वी नवलपरासी घर भई मनेवा मामाघर आएका २३ वर्षीय दिपेश सलामीको ज्यना गएको हो ।

बडिगाड गाउँपालिका–२ खर्बाङ बजारबाट गलकोट नगरपालिका–३ हटियाबजार आउँदै गरेको ध१त ६०९ नंको ट्र्याक्टर मध्यपहाडी लोकमार्गबाट खस्दा च्यापिएर सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।

ट्र्याक्टर लोकमार्गदेखि १५ मिटर तल होमबहादुर सिंजालीको घरमाथि खसेको थियो । घरमाथि खसेको ट्र्याक्टरले च्यापिँदा सलामी घाइते भएको र उद्धार गर्दागर्दै मुत्यु भएको खड्काले बताउनुभयो ।

ट्र्याक्टर चालक गलकोट नगरपालिका–९ मा बस्दै आएका २३ वर्षीय डिक्सन पुनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टरले पार्किङ गरी राखिएको लु६३प ९०९ नंको स्कुटर च्याप्दा पूर्णरूपमा क्षति भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.