बीआरआईको ऋण वरदान कि अभिशाप ?
श्रीमन नारायण चिनियाँ राष्ट्रपति सी चिनपिङको महत्वाकांक्षी आर्थिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अहिले चारैतिर चर्चाको विषय भएको छ । बीआरआई अस्तित्वमा आएको एक दशकमै विश्वका १४७ देशहरु यसका सदस्य भइसकेका छन् । चीनले यसमा खर्बौं डलरको लगानी गरेको छ । बीआरआई अन्तर्गत चीनले चर्को ब्याजदरमा ऋणमात्रै प्रवाहित गर्ने गरेको कारण कतिपय देशमा भौतिक संरचनाको निर्माण भएको पाइए पनि यसका दुष्परिणामहरु पनि देखा पर्न थालेका छन् र बीआरआईको ऋण वरदान हो कि अभिशाप ? भन्ने विषयमा विश्वव्यापीरुपमै नयाँ बहसको जन्म दिएको छ । कनै पनि अनुदान अथवा ऋण होस्, त्यसको निरुपण, उपादेयता र सम्भाव्यता विस्तृतरुपमा विश्लेषण गर्नुपर्छ । ऋण…
