अर्थ

बारागढी गाउँपालिकाले ल्यायो ३८ करोड ३८ लाख ८५ हजारको बजेट

बारागढी गाउँपालिकाले ल्यायो ३८ करोड ३८ लाख ८५ हजारको बजेट

काठमाडाैं । बाराकाे बारागाढी गाउँपालिकाको तेस्रो औं गाउँ सभा आइतवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष अशोक जैसवालको अध्यक्षतामा भएको बजेट उमेश साहले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । गाउँ सभाले आ.व २०८०/०८१ का लागि ३८ करोड ३८ लाख ८५ हजार २ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो। आर्थिक वर्षमा आयतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. १० करोड १३ लाख, सशर्त अनुदानमध्ये शिक्षा, कृषि, पशु र स्वास्थ्य तर्फ गरी जम्मा रु १३ करोड ९२ लाख, राजस्व वाडफाँड तर्फ रु ७ करोड ९३ लाख ३६ हजार ४ सय रहेको छ । त्यस्तै समपुरक अनुदान तर्फ ६०…
Read More
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने ‘चिनियाँ फ्याक्टर’!

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नदिने ‘चिनियाँ फ्याक्टर’!

काठमाडाैं । सन् २०२३ जनवरी १ (अंग्रेजी नयाँ वर्षका दिन) मा तामझामका साथ उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले गत बुधबार (असार ६ गते) पहिलो अन्तर्राष्ट्रिय उडान पायो । २ हजार किलोमिटर पार गरेर चीनको छेन्दुबाट सिचुवान एअरलाइन्सको न्यारोबडी ए–३१९ जहाजले पोखरा एयरपोर्टमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनु अघिल्लो दिन काठमाडौँस्थित चिनियाँ दूतावासले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमार्फत नेपाली भाषामै लेखेर पोखरा एयरपोर्ट चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)अन्तर्गतको परियोजना भएको उल्लेख गर्यो । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोह भोलि बिहान ११ बजे हुने भएको छ । यो नेपाल–चीन बिआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार…
Read More
चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

चिनियाँ दूतावासले ऋण लिएर बनाएको पोखरा विमानस्थललाई बिआरआईको प्रोजेक्ट भन्दै बाेल्याे झुठ

काठमाडौं । ऋण लिएर बनाइएको पोखरा अन्तराष्ट्रिय विमानस्थललाई चीनले बिआरआई (बेल्ट रोड इनिसियटिभ)को प्रोजक्ट दाबी गरेपछि अहिले विवाद चर्किएको छ । यसघिदेखि नै विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत भएको दाबी गर्दै आएको चीनले बुधबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय चार्टर्ड विमान अवतरण गर्दै पुनः विमानस्थलको प्रोजेक्ट बिआरआई अन्तर्गत रहेको दोहोर्याएको हो । ‘विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो । अन्ततः हामीले अन्तराष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ ।’, चिनियाँ राजदुत छन् सोङ्ले भने, ‘यो उपलब्धि चीन र नेपालबीचको कनेक्सन र बिआरआई सहकार्यको नयाँ अध्याय हो ।’ तर, चिनियाँ राजदुतले सार्वजनिक समारोहमा गरेको उक्त दाबी झुट भएको नेपाली पक्षको तर्क…
Read More
विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

विमानस्थललाई ‘ऋणको पासो’ बाट चीनबाट आएको चार्टर्ड विमानले जोगाउला?

काठमाडाैं । पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ६ महिनापछि अन्तर्राष्ट्रिय विमान अवतरण गर्न गरेकाे छ । आन्तरिक उडानमा सीमित भएको विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण गर्नु आफैंमा ऐतिहासिक हुने नै भयो। आज बिहान भित्रिएको सिचुआन एयरलाइन्सको यस विमान रेगुलर सेड्युलको फ्लाइट भने होइन। चीनबाट पोखरामा सिधा चार्टर्ड उडान गरेको हो यस विमानले। चीनको ऋण सहायतमा २८ अर्बभन्दा धेरैको लगानीमा निर्माण भएको पोखरा विमानस्थललाई धेरैले ‘ऋणको पासो’का रुपमा अर्थ्याउँदै आएका छन्। यसखाले अर्थ्याई ६ महिनासम्म उडान नहुँदा स्वाभाविक रुपमा पुष्टि हुनेतिरै देखियो। चीनको छेन्दु-तियान्फु इन्टरनेशनल विमानस्थलबाट उडेको जहाज आज बिहान ९ बजेर ९ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।…
Read More
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ २७ पैसा र बिक्री दर १४३ रूपैयाँ ९२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २४ पैसा र बिक्री दर १६८ रूपैयाँ ०० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर…
Read More
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ः०० बजे सङ्घीय संसद् भवन बानेश्वरमा बस्न लागेको हो । बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।
Read More
ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

ब्रोकर लाइसेन्स प्रक्रिया खुला गर्ने अर्थ समितिको निर्णय

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गरेको छ । ब्रोकर लाइसेन्स प्रक्रियामा अनियमितताको आशंका गर्दै समितिले गत जेठ २९ गते लाइसेन्स वितरणमा रोक लगाएकोमा मंगलबार बिहान बसेको समितिको वैठकले प्रक्रिया खुला गरेको हो । समितिको मंगलबार बसेको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मेरिटोक्रेसीको आधारमा लाइसेन्स दिएको बताउनु भएको थियो । छलफलमा सहभागी पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सर्वोच्च अदालतले नै ब्रोकर लाइसेन्स वितरण गर्ने बाटो खुला गरिसकेको अवस्थमा समितिले अल्झाउन नमिल्ने बताउनु भएको थियो । यस्तै, पूर्वअर्थमन्त्री विष्णु पौडेलले पनि सर्वोच्च अदालतले निर्णय गरिसकेकाले यसमा थप छलफल गरिरहन नपर्नेमा सहमति जनाउनु भएको थियो ।
Read More
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको छ । यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Read More
सरकारलाई मेयर बालेनले भने – करदाता दोहोरो मारमा परे, घर बहाल कर नउठाउनू

सरकारलाई मेयर बालेनले भने – करदाता दोहोरो मारमा परे, घर बहाल कर नउठाउनू

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले घरजग्गासम्बन्धी बहाल कर स्थानीय तहको एकल अधिकारभित्र पर्ने भन्दै स्थानीय निकायलाई नै प्रयोग गर्न दिन सरकारसमक्ष माग गरेका छन्। महानगरभित्र भएका ठूला करदाताहरुको बहाल कर संघीय सरकारले संकलन गर्दा करदाता दोहोरो मारमा परेको भन्दै उक्त कर स्थानीय तहले नै उठाउन पाउनुपर्ने मेयर शाहले माग गरेका हुन्। महानगरले आइतबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई लेखेको पत्रमा बहाल कर संविधानले स्थानीय तहलाई दिएको एकल अधिकार क्षेत्रभित्रको सूचीमा पर्ने उल्लेख गरेको छ। संविधानको धारा ५७ (४) तथा अनुसूची ८ मा यससम्बन्धी व्यवस्था रहेको पत्रमा उल्लेख छ। उनले पत्रमा उल्लेख गरेका छन्, ‘बहाल कर संकलनमा संघ…
Read More
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Read More
Page 15 of 42
1 … 13 14 15 16 17 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.