सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Facebook Comments Box