रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा

Share Icon

१८ जेठ, काठमाडाैं ।  रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा

काठमाडौं। रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयर बिक्री गरिसकेको छ।

कम्पनीको जारी पुँजी २८ करोड छ। यसको ३० प्रतिशत ८ करोड ४० लाख रुपैयाँको सेयरमध्ये रोजगारीमा गएका र प्रभावितलाई केही बिक्री गरिसकेको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो।

सेयरमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ। कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले ३ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.