रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा

१८ जेठ, काठमाडाैं । रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा
काठमाडौं। रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयर बिक्री गरिसकेको छ।
कम्पनीको जारी पुँजी २८ करोड छ। यसको ३० प्रतिशत ८ करोड ४० लाख रुपैयाँको सेयरमध्ये रोजगारीमा गएका र प्रभावितलाई केही बिक्री गरिसकेको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो।
सेयरमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ। कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ।
कम्पनीले ३ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ।
Facebook Comments Box