Share Icon

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजाबी सुन तोलाको एक लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको छ ।

यता चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box

Share Icon