अर्थ

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

१८ असार,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल ९४ लाख १८ हजार नौ सय ५२ कित्ता शेयर रू चार अर्ब पाँच करोड १० लाख…
Read More
बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा को¥यो’

बजेटले सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा को¥यो’

१८ असार,गण्डकी । नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेश सरकारले ल्याएको बजेट सत्तापक्ष र विपक्षीबीच लक्ष्मणरेखा कोर्ने खालको भएको बताउनुभएको छ । प्रदेशसभामा जारी आगामी आव ०८०÷०८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलमा भाग लिँदै उहाँले बजेट निर्माणमा प्रतिपक्षी दलप्रति राजनीतिक पूर्वाग्रह साँधिएको टिप्पणी गर्नुभयो । “बजेटमा सत्तापक्षको एकाधिकार झल्किएको छ, योजनाको छनोट र बजेट विनीयोजनका हिसाबले यो आग्रही छ, असन्तुलित छ”, उहाँले भन्नुभयो, “आवश्यकताका आधारमा होइन, पहुँचका आधारमा बजेट आएको छ ।” मन्त्रीहरुले आफू निकटका प्रदेशसभा सदस्य र कार्यकर्तालाई मनोमानी ढङ्गले बजेट बाँडेको उहाँले आरोप लगाउनुभयो । “पालिकाको अध्यक्षले माग गरेको योजना परेको छैन,…
Read More
बीआरआईबारे चिनियाँ अधिकारीहरुको चासो

बीआरआईबारे चिनियाँ अधिकारीहरुको चासो

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ अधिकारीहरुसँग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)बारे छलफल भएको बताएका छन् । पाँच दिने चीन भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आर्थिक विकास र समृद्धिका लागि आर्थिक सहयोग वृद्धि गर्न अनुरोध गरेको बताए । उनले अघि भने, ‘उपप्रधानमन्त्रीज्यू र सिचुवान पार्टी प्रमुखले सकारात्मक ढंगले सोच्ने विश्वास दिलाउनुभएको छ ।’ श्रेष्ठका अनुसार चिनियाँ अधिकारीहरुले बीआरआई प्रोजेक्टबाट लाभ लिने के कस्तो तयारी छ भनेर चासो राखेका थिए । नेपालले सन् २०१७ मा बीआरआईमा हस्ताक्षर गरेको थियो । यसको कार्यान्वयन योजनाको मस्यौदा आदान प्रदान भएको भन्दै उपप्रधान तथा गृहमन्त्री…
Read More
बीआरआई ऋणको त्रासदी

बीआरआई ऋणको त्रासदी

श्रीमन नारायण पोखरा विमानस्थल बीआरआईको ऋणअन्तर्गत हो कि होइन ? यथार्थ सम्पूर्ण देशवासीलाई अवगत हुनु आवश्यक छ। चिनियाँ राष्ट्रपति सी चिनपिंगको महत्वाकांक्षी आर्थिक एवं रणनीतिक परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे विश्वका अनेकौं देशमा गम्भीर ढंगले छलफल भइरहेछ। बीआरआईअन्तर्गत प्रदान गरिने ऋणका शर्त र यसको ब्याज यति कठोर रहेको छ कि विश्वका एक दर्जनजति देश आफूलाई चिनियाँ ऋणको पासोमा परेको अनुभूति गरिरहेछन्। ६ वर्षअघि नेपाल पनि यस परियोजनामा सहभागी भइसकेको छ। यसको ऋणबाट नेपालमा अहिलेसम्म एउटा पनि परियोजना सम्पन्न नभएको नेपालको दाबी छ। जबकी उत्तरी छिमेकी चीनले भने हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण बीआरआईअन्तर्गतकै ऋणवाट भएको दाबी…
Read More
‘मिटर व्याजमा ऋण भिडाएर बनेको पोखरा विमानस्थल चीनले कब्जा गर्न सक्छ’

‘मिटर व्याजमा ऋण भिडाएर बनेको पोखरा विमानस्थल चीनले कब्जा गर्न सक्छ’

काठमाडौं । चीनले नेपाललाई बीआरआईको नाममा महँगोमा ऋण भिडाएर दु:ख दिने नियतको खुलासा भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई बीआरआईको परियोजना भनेर चीनले नेपाललाई चिढाएको छ । एमालेका नेता समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले चीनलाई सँगै ल्याएर पोखरा विमानस्थल बीआरआईको योजना भन्न लगाएको भनेर आलोचना भएको छ । ‘ड्रागन बोट रेस’ महोत्सवमा सहभागी हुने चिनियाँ खेलाडी लिएर सिचुवान एअरलाइन्सको चार्टर्ड न्यारोबडी ए ३१९ जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतकै हो’ भनेपछि नेपालीहरूको मनमा चिसो पसेको छ । राजदूत सोङले विमानस्थलको डिजाइन र निर्माण चीन…
Read More
नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

१७ असार,काठमाडौँ । आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने नौँ हजार पाँच सय ९० पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम रु पाँच हजार जरिवाना समेतका लागि आयोगलाई पत्रलेखी पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार निजामती कर्मचारीका…
Read More
चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

चिनियाँ युआन अमेरिकी डलरको तुलनामा कमजोर

एजेन्सी । चिनियाँ मुद्रा रेन्मिन्बी (युआन) को केन्द्रीय समानता दर शुक्रबार अमेरिकी डलरको तुलनामा ५० पिप्स कमजोर भएर ७.२२५८ मा पुगेको छ । चीनको विदेशी विनिमय व्यापार प्रणालीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले सो बारे जानकारी दिएको छ। चीनको स्पट विदेशी विनिमय बजारमा युआनलाई प्रत्येक व्यापार हुने दिन केन्द्रीय समानता दरबाट दुई प्रतिशतले बढ्न वा घट्न अनुमति दिइएको छ। अमेरिकी डलरको तुलनामा युआनको केन्द्रीय समानता दर प्रत्येक व्यापारिक दिन अन्तरबैंक बजार खोल्नु अघि बजार निर्माताहरूले प्रस्ताव गरेको मूल्यहरूको औसतमा आधारित हुन्छ।
Read More
‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम बढ्याे’

‘नेपाल ऋणको पासोमा पर्न सक्ने जोखिम बढ्याे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सार्वजनिक ऋणको सदुपयोग आर्थिक वृद्धिमा नगरी ऋण उठाउँदै ऋण नै तिनुपर्ने अवस्थाले मुलुक टाट पल्टिन सक्ने जोखिम रहेको बताएका छन् । संसदमा राष्ट्र ऋण उठाउने विधेयकमाथि बुधबार टिप्पणी गर्दै डा. वाग्लेले नेपाल श्रीलंका जस्तै अवस्थामा नपुगे पनि ऋणको पासोमा भने पर्न जाने जोखिम रहेको बताएका हुन् । निर्यातबाट डलर नआइरहेको र रेमिट्यान्समा भरथेग भइरहेको अवस्थामा तलमाथि हुनासाथ नेपाल टाट पल्टन सक्ने उनले बताए । पछिल्लो ७/८ वर्षमै सार्वजनिक ऋण २० प्रतिशत विन्दुले बढ्नु डरलाग्दो अवस्था रहेको भन्दै उनले यो रकम कहाँ खर्च भइरहेको छ भन्दै प्रश्न गरे । सार्वजनिक ऋणले आर्थिक…
Read More
पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

पोखरा विमानस्थल र चिनियाँ ऋणको पासो

कृष्ण तिमल्सिना चीनले अन्ततः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको लगानीमा नेपाललाई फसाएको छ। विमानस्थल निमार्णका लागि भएको लगानी सम्झौता विपरित चीनले अहिले उक्त विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत निमार्ण भएको भन्दै महंगो ऋणको पासोमा फसाएको हो। यसअघि उक्त विमानस्थल चीनको ऋण लगानीमा बनेको भनिएको थियो। अघिल्लो बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल चीनको महत्वाकांक्षी परियोजना बीआरआई अन्तर्गत भएको बताएका हुन्। तर चीनका राजदूतले त्यसो भनिरहँदा कुनै पनि नेपाली अधिकारीले तत्काल प्रश्न गरेनन्। जहाँ पर्यटनमन्त्री सुदन किराती आफैं उपस्थित् थिए। मन्त्री किराँतीले सम्झौता शर्त विपरितको…
Read More
सरकारी सम्पत्तिको कर व्यक्तिबाट असुल्दै

सरकारी सम्पत्तिको कर व्यक्तिबाट असुल्दै

१५ असार,चौतारा । गाउँमा सडक आएपछि धेरै सहज हुने सम्झेर सिन्धुपाल्चोकको बाह्रबिसे–ओखरेनी सडकको नयाँ ट्रयाक खुलाउने क्रममा स्थानीय मनिषा सुनारले आफ्नो भएको चार रोपनी जग्गामध्ये दुई रोपनी सडकलाई दिनुभयो । विसं २०६२ मा बनेको सडकको मापदण्डअनुसार लगतकट्टा नहुँदा उहाँले अहिलेसम्म पनि मालपोत कर तिरिरहनुभएको छ । ऐन, कानुनले सडकलाई सरकारी सम्पत्ति मान्ने गरे पनि सुनार भने झन्डै १८ वर्षदेखि सडकको पनि कर तिर्न बाध्य हुनुभएको छ । “गाउँको भलो सम्झिएँ, विकास हुने ठानेँ”, उहाँ भन्नुहुन्छ, “तर अहिले आएर हुँदै नभएको जग्गाको पनि कर तिरिरहेको रहेछु भन्ने बल्ल थाहा भयो ।” उहाँले १८ वर्षदेखि तिरिरहेको कर अब भने मिनाहा हुनुपर्ने बताउनुहुन्छ…
Read More
Page 14 of 42
1 … 12 13 14 15 16 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.