अर्थ

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड

१८ जेठ, काठमाडौं ।  सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य हालसम्मकै उच्च एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार हालसम्मकै उच्च मूल्य एक लाख १२ हजार रुपैयाँ प्रतितोलामा सुनको खरिद बिक्री भएको थियो । आज तेजावी सुनको मूल्य एक लाख ११ हजार ९५० र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४ सय १० रुपैयाँ कायम भएको छ । बिहीबार तेजावी सुन एक लाख ११ हजार ४५० र चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
Read More
रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा

रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा

१८ जेठ, काठमाडाैं ।  रावा इनर्जीको सेयर आजबाट बिक्री खुला, ६ लाख ४३ हजार कित्ता बिक्रीमा काठमाडौं। रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आजबाट सर्वसाधारणलाई सेयर जारी गरेको छ। कम्पनीले आयोजना प्रभावित र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सेयर बिक्री गरिसकेको छ। कम्पनीको जारी पुँजी २८ करोड छ। यसको ३० प्रतिशत ८ करोड ४० लाख रुपैयाँको सेयरमध्ये रोजगारीमा गएका र प्रभावितलाई केही बिक्री गरिसकेको छ। बाँकी रहेको ६ लाख ४३ हजार ६६७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुलाएको हो। सेयरमा जेठ २२ गतेसम्म आवेदन दिन सकिन्छ। कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ। कम्पनीले ३ मेगावाट क्षमताको परियोजना निर्माण गरिरहेको छ।
Read More
भ्याट फिर्ता गर्न नाट्टाको माग

भ्याट फिर्ता गर्न नाट्टाको माग

१८ जेठ,काठमाडौँ  । नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले आर्थिक वर्ष २०८०÷८१ को वजेटमार्फत हवाई टिकटमा लगाइएको भ्याट फिर्ता गर्न माग गरेको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज विज्ञप्ती जारी गर्दै यही जेठ १५ गते सरकारले सार्वजनिक गरेको बजेट भाषणमा विदेश भ्रमण गर्दा लाग्ने शुल्क र टिकटमा लगाइएको टिकट फिर्ता गर्न माग गर्नुभएको हो । “विदेश जानका लागि सरकारले लिँदै आएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त भ्याट लिने व्यवस्था बजेटमा गरिएको छ, नेपालबाट टिकट काट्दा भ्याट तिनुपर्ने र विदेशबाट टिकट काट्दा भ्याट तिर्नु नपर्ने व्यवस्थाले नेपाली टुर तथा ट्राभल कम्पनी मारमा पर्ने देखिन्छ,” अध्यक्ष थापाले भन्नुभयो । नाट्टाले…
Read More
कालोसूचीमा परेका कम्पनीले चीनबाट मल ल्याएपछि नबुझ्ने अडान

कालोसूचीमा परेका कम्पनीले चीनबाट मल ल्याएपछि नबुझ्ने अडान

काठमाडौं । समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले कारबाही गरेर कालोसूचीमा राखेका कम्पनीले मल ल्याएको भन्दै कृषि सामग्री कम्पनी लिमिटेड मल नबुझ्ने अडानमा छ । यसअघि पटकपटक ताकेता गर्दा पनि मल नल्याएको र सो कम्पनीले चारपटक म्याद थप्दा पनि मल ल्याउन सकेका थिएनन् । अहिले विश्व बजारमा मूल्य घटेका बेला कृषि सामग्रीसँग अनुमति नलिई मल ल्याएको कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ । २०७९ सालमा तीन वर्षका लागि कालोसूचीमा परेका कम्पनीले मल ल्याएकाले आफूहरूले नबुझ्ने अडानमा रहेको कृषि सामग्री…
Read More
निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

निगमले चिनियाँ जहाजमा घाटा व्यहोरेपछि बिक्री प्रक्रिया अगाडि बढायो

काठमाडौं । झन्डै तीन वर्षदेखि ग्राउन्डेड चिनियाँ जहाजलाई नेपाल वायुसेवा निगमले बिक्री गर्ने भएको छ । निगमको चिनियाँ जहाजलाई तीन वर्षदेखि ग्राउन्डेड गरिएको छ । निगमको सञ्चालक समितिको बैठक र तालुकदार मन्त्रालयको समन्वयमा प्रक्रिया अगाडि बढाइने निगमले जनाएको छ । केही सयमअघि (चिनियाँ जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा संसदमा समेत प्रश्न उठेकाले निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले दुई वटा एमए-६० र वाइ १२ इ चिनियाँ जहाजहरूको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरू सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा…
Read More
६ महानगरमध्ये पोखरालाई सबैभन्दा धेरै अनुदान, कसले कति पाए ?

६ महानगरमध्ये पोखरालाई सबैभन्दा धेरै अनुदान, कसले कति पाए ?

१६ जेठ, काठमाडौं ।  ६ वटा महानगरपालिकामध्ये पोखराले संघीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । आर्थिक वर्ष २०८०र८१ को बजेटको ‘अन्तर सरकारी वित्तीय हस्तान्तरण’ अनुसार पोखराले २ अर्ब ७६ करोड ३२ लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४८ करोड ७० लाख, सशर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र समपूरक अनुदान ४ करोड छ । पोखराले विशेष अनुदान भने पाएको छैन । काठमाडौं महानगरपालिकाले २ अर्ब १४ करोड २१ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ४३ करोड ७६ लाख सशर्त अनुदान छ भने ७० करोड ५५ लाख समानीकरण अनुदान छ । काठमाडौंले विशेष…
Read More
मर्जर प्राप्ति र एफपीओको कर एकैपटक तिर्न भनेपछि सेयर बजारलाई बजेटको धक्का

मर्जर प्राप्ति र एफपीओको कर एकैपटक तिर्न भनेपछि सेयर बजारलाई बजेटको धक्का

१६, जेठ, काठमाडाैं । बजेटले बैंक वित्तीय संस्थाहरुको मर्जर प्राप्ति र एफपीओको कर एकैपटक तिर्न उर्दी जारी गरेपछि सेयर बजारले ‘नोज डाइभ’ हानेको छ। बजेटलगत्तै खुलेको सेयर बजार ४३ अंक घटेको हो। बजेट अघि १९४१ मा बन्द भएको बजार मंगलबार पहिलो सत्रमै १९०१ सम्म ओर्लिएको हो। सेयर बजारको ठूलो हिस्सा ओगटेका कम्पनीहरु माथि नयाँ दायित्व थुप्रिएपछि लगानीकर्ताको मनोबल ह्वात्तै गिरेको छ। त्यसैको असर सेयर बजारमा देखिएको हो।
Read More
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया

बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया

१६ जेठ,मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार सार्वजनिक गर्नुभएको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् । मोरङ व्यापार सङ्घको कार्यालयमा उद्योगी एवम् व्यापारीहरुले सञ्चारकर्मी सामु बजेट भाषणको अन्त्यमा मिश्रित प्रतिक्रिया दिएका थिए । आव २०८०÷८१ का लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट विगतको भन्दा केही कम भए पनि बजेटले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको थियो । मल कारखाना खोल्न विस्तृत योजना प्रतिवेदन तयार गर्ने, सङ्घीय कृषि ऐन निर्माण तर्जुमा गरिनेजस्ता विषय बजेटमा समेटिएकाले कृषिका आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको थियो । छत्तीस वस्तुको निर्यातमा अनुदान दिने, विराटनगर विमानस्थललाई…
Read More
यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू

यस्ता छन् बजेटका प्राथमिकता र उद्देश्यहरू

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कृषि, पर्यटन र सम्पन्न हुने विकास आयोजनाहरूलाई मात्रै प्राथमिकता दिँदै अर्थतन्त्रको फराकिलो वृद्धि गर्ने बताएका छन्। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस्तो बताएका हुन्। उनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र सम्पन्न हुने आयोजना सरकारको उच्च प्राथमिकतामा परेको बताए। उनले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास र सम्पन्न हुने खालका विकास आयोजनामा मात्रै बजेट विनियोजन गरिएको बताए। उनले विगतमा टुक्रे आयोजना, बहुवर्षीय आयोजना र सम्भाव्यता भएका आयोजनाहरूमा ठूलो बजेट राख्ने बताए। उनले गुणस्तरिय सामाजिक विकास, सुरक्षा र न्याय प्रणालीको प्रत्याभूति गराउने, लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको मनोबल उच्च…
Read More
सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत

१५ जेठ,काठमाडौँ  । सङ्घीय संसद्मा आज सरकारको आर्थिक वर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान ९बजेट० प्रस्तुत भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा अहिले बजेट प्रस्तुत गरिरहनुभएको छ । आजै बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गर्दै प्रस्तुतिका लागि स्वीकृत प्रदान गरेको थियो । यसअघि बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतिका लागि अर्थमन्त्रीलाई अनुमति दिनुभएको थियो । प्रत्येक जेठ १५ गते वार्षिक बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट वक्तव्य सुन्न राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख संसद् भवन नयाँबानेश्वर आउनुभएको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल…
Read More
Page 19 of 42
1 … 17 18 19 20 21 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.