कालाे सूचीमा परेकाे चिनियाँ कम्पनीबाट हतियार किन्दै नेपाली सेना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि नेपाली सेनाले चिनियाँ कम्पनीमार्फत हतियार आयातको तयारी गरिरहेको छ। नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी थालेको हो। नेपाली सेनाले अमेरिकाले ब्ल्याक लिस्ट गरेको कम्पनी चाइनिज् नर्थ इन्डस्ट्रिज ग्रुप कम्पनी लिमिटेड (नोरेन्को)मार्फत हतियार खरिद गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा एलीसी खुला गरेको छ। यसअघि हिमालय बैंकमा एलसी खोल्ने तयारी गरेको पनि हिमालय बैंकले भने अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीका लागि एलसी नखोल्ने बताएपछि नेपाली सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत एलसी खुला गर्न लागेको हो। नेपाली सेनाले अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयत गर्न एलसी खुला गरेसँगै नेपाली सेनाको कारबाहीका…
