अर्थ

भारतद्वारा नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार

भारतद्वारा नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार

काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको भारतीय दूतावासले शनिबार विज्ञप्ति मार्फत जनाएको छ । ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ’ शनिबार भारतीय दूतावासका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको भारतीय दूतावासले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबारदेखि भारत भ्रमणमा छन् । त्यस क्रममा दुई देशका प्रधानमन्त्रीबीच नेपाल र भारतका…
Read More
गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना

गोल्छा ग्रुप र इन्डियन आयलको लगानीमा नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना

काठमाडाैं । नेपालमा सर्भो लुब्रिकेन्टको उत्पादनका लागि अत्याधुनिक ल्युब ब्लेन्डिङ प्लान्ट स्थापना हुने भएको छ । गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग संयुक्त लगानीमा लुब्रिकेन्ट प्लान्ट स्थापना गर्ने भएको हो । २०२४ को अन्त्यसम्ममा प्लान्ट तयार गरिसक्ने कम्पनीको लक्ष्य रहेको छ । यसको लागि दुवै कम्पनीले ५०/५० प्रतिशत संयुक्त लगानी गर्ने सम्झौता भएको छ । संयुक्त लगानीको पहिलो चरण अन्तर्गत अधिकारिक पूँजी लगानी लगभग ६० करोड बराबर हुने कम्पनीले जनाएको छ । आरम्भिक उद्योग स्थापना मात्र नभइ यस संयुक्त लगानीले नेपालको बढ्दो अर्थतन्त्रको विकासका आवश्यकताहरू पूरा गर्न…
Read More
लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड

लगातार तेस्रो दिन पनि सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । सुनको भाउ लगातार तेस्रो कारोबार दिन पनि बढेको छ । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेसँगै सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १३ हजार ३ सय र तेजावी सुनको मूल्य १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको छ । १८ जेठमा छापावाल सुनको प्रतितोला मूल्य १ लाख १२ हजार ५ सय र तेजावी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँमा तोकिएको थियो । १७ जेठमा छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रूपैयाँ तोकिएको थियो…
Read More
नेपाल र भारतबीच पञ्चेश्वरको विवाद ३ महिनाभित्र टुंग्याउने सहमति

नेपाल र भारतबीच पञ्चेश्वरको विवाद ३ महिनाभित्र टुंग्याउने सहमति

काठमाडौं । नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ३ महिनाभित्रै टुंगो लगाउने सहमति भएको छ । भारत भ्रमणका क्रममा हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत ३ महिनाभित्र पञ्चेश्वरको डीपीआरको टुंगो लगाएर एक वर्षभित्र लगानीको प्रारुप टुंग्याउने सहमति भएको बताएका छन् । भारतसँगको वार्तामा बसेका एक अधिकारीका अनुसार पानीको लाभको बाँडफाँटका आधारमा दुई देशले गर्ने लगानीको परिमाण टुंगो लगाउन सबै देश सहमत भएका छन् । ‘३ महिनाभित्र नै पञ्चरेश्वरमा रहेका सबै विवाद टुंग्याएर अघि ढब्न दुबै पक्ष सहमत भएका छन्,’ ती अधिकारीले भने, ‘पानी बाँडफाँटको लाभ कसले…
Read More
प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

प्रचण्ड र मोदीले उद्घाटन गरे नेपालगञ्ज सुख्खा बन्दरगाह

काठमाडौं । नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरिएको छ । बाँकेमा भारत सरकारको सहयोगमा निर्माण गरिएको व्यापार पूर्वाधारको बिहीबार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए । नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए । करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
Read More
नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : प्रधानमन्त्री मोदी

नेपाल र भारतबीच लङटर्म पावर ट्रेड एग्रिमेन्ट भयो : प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र आफूले दुई देशको सम्बन्धलाई अगाडि बढाउन महत्वपूर्ण निर्णय लिएको बताए । उनले भने, ‘आज मैले र प्रधानमन्त्री प्रचण्डले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएका छौं ।’ नेपाल र भारतबीच ट्रान्जिट एग्रिमेन्ट भएको, जसले नेपालका जनताका लागि नयाँ रेल रुटको व्यवस्था गरिएको उनले बताए । भारत र नेपालको बीचमा लङटर्म पावर ट्रेड एग्रिमेन्ट भएको उनले बताए । मोदीले भने, ‘१० वर्षमा नेपालमाट…
Read More
नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल भुक्तानी सम्झौता

काठमाडौं । नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुईपक्षीय सम्झौता भएको छ । अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन्थ्याे । तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डिया बीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको…
Read More
प्रधानमन्त्री द्वय प्रचण्ड र मोदीले उद्घाटन गरे विराटनगरको रेल

प्रधानमन्त्री द्वय प्रचण्ड र मोदीले उद्घाटन गरे विराटनगरको रेल

विराटनगर। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन गरेका छन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्वीच थिचेर रेल्वे र कार्गो रेल उद्घाटन गरेका हुन् । प्रचण्ड र मोदीले उद्घाटन गरेपछि बथनाहाबाट भारतीय पक्षले कार्गो रेललाई बिदाइ गर्ने र बुधनगरमा नेपाली पक्षले स्वागत गर्नेछ। विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म आइपुग्ने मालवाहक रेलले आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको कच्चा सामग्री ल्याउनेछ । भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनका लागि परीक्षण भएको…
Read More
न्यू बुटवल–गोरखपुर प्रसारणलाइन भारततर्फको खण्डको शिलान्यास

न्यू बुटवल–गोरखपुर प्रसारणलाइन भारततर्फको खण्डको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइनको भारततर्फको खण्डको शिलान्यास गरिएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको शिलान्यास गरेका हुन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । न्यू बुटवल–गोरखपुर प्रसारणलाइन नेपालमा अमेरिकी अनुदान कार्यक्रम एमसीसीअन्तर्गत बनिरहेको प्रसारणलाइनसँग जोडिनेछ । यो प्रसारणलाइनको भारततर्फको खण्डको मात्रै शिलान्यास भएको हो । भारतीय खण्डको निर्माण बुटवल–गोरखपुर क्रस बोर्डर ट्रान्समिसन लिमिटेड (बीजीसीपीटीएल)ले गर्दैछ । बीजीसीपीटीएल नेपाल र भारतबीचको दोस्रो अन्तरदेशीय प्रसारणलाइनको निर्माण गर्न नेपाल विद्युत प्राधिकरण मिलेर स्थापित संयुक्त कम्पनी हो । यो कम्पनीले न्यू बुटवल–गोरखपुर…
Read More
भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

भैरहवामा एकीकृत सुख्खा बन्दरगाह शिलान्यास

१८ जेठ, काठमाडौं । नेपालको भैरहवामा निर्माण हुने एकीकृत जाँच चौकीको शिलान्यास भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले उक्त परियोजना निर्माणका लागि संयुक्त रुपमा शिलान्यास गरेका हुन् । भारतको सहयोगमा उक्त परियोजना निर्माण सम्पन्न हुनेछ । भारतीय नाका सुनौली र भैरहवा नाकाको व्यापारलाई उक्त व्यापार पूर्वाधारले सहयोग गर्ने छ ।
Read More
Page 18 of 42
1 … 16 17 18 19 20 … 42
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.