लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित
२१ जेठ, काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि शेयर बजार प्रभावित भएको छ ।
आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक शंसोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका हुन् ।
ब्रोकर कार्यालयमा ताला लगाएको भए पनि टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि शेयर किनबेच गर्न पाएका छैनन् ।
अहिले तिर्दै आएको ५ र ७।५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग लगानीकर्ताले राखेका छन् ।
Facebook Comments Box







