समाज

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

हेलो सरकार २४ घण्टा सञ्चालनमा आएपछि थप प्रभावकारी

५ असोज,काठमाडौँ । सरकारले सरलरूपमा आमजनताका गुनासा सुन्न र प्रभावकारी समाधानका लागि हेलो सरकार पुनः २४ घण्टा सञ्चालनमा ल्याएपछिको सेवा थप प्रभावकारी देखिएको छ । सरकारी निकायबाट भएको काम कारबाहीका सम्बन्धमा प्रत्यक्षरूपमा र सरल तरिकाले गुनासो गर्न सक्ने व्यवस्था गर्न, प्राप्त गुनासोलाई शीघ्र सम्बोधन गर्न तथा त्यस्ता निकायबाट भएका सेवा प्रवाहसम्बन्धी काम कारबाहीका सूचनाका सम्बन्धमा जनताको जिज्ञाशा समाधान गर्न उक्त सेवा १२ वर्षअघि सुरुआत गरिएको हो । गोरखा भूकम्पपछि हेलो सरकार २४ घण्टे सेवाबाट १४ घण्टा सञ्चालन गरिएको थियो । गत भदौ १७ गतेदेखि भने पुनः २४ घण्टा सञ्चालनमा ल्याइएको छ । हाल एक उपसचिवको नेतृत्वमा आठ जना आवश्यक जनशक्तिसहित…
Read More
गढवामा ल्याव र औषधीसहितको नि:शुल्क शिविर, ३ सय १२ जनाले लिए सेवा

गढवामा ल्याव र औषधीसहितको नि:शुल्क शिविर, ३ सय १२ जनाले लिए सेवा

आलोक भावुक गढवा । दाङको गढवा गाउँपालिका वडा नम्बर १ जेठानगाउँमा रहेको गोबरडिया स्वास्थ्य चौकीमा बिहिवार निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन भएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजना तथा गढवा गाउँपालिका गाउँ कार्यपालिकाको समन्वयमा बिहिवार एक दिने निशुल्क मृगौला तथा अन्य नसर्ने रोग सम्बन्धी निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा नसर्ने रोग सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । गोबरडिया स्वास्थ्य चौकीमा भएको एक दिने शिविरबाट ३ सय १२ जनाले सेवा लिएका छन् ।३ सय १२ जनाको ओपिडी चेकजाँच गरिएको थियो। त्यसैगरी ४५ जना विरामीहरुको ल्याव चेकजाँच गरिएको थियो दस मध्ये सुगरका ६ जनालाई…
Read More
सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भएकाे गृहमन्त्री श्रेष्ठकाे तर्क

सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भएकाे गृहमन्त्री श्रेष्ठकाे तर्क

४ असाेज, काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक सहिष्णुतालाई कमजोर पार्ने गतिविधि भइरहेकाले यसप्रति सचेत हुनुपर्ने बताउनुभएकाे छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले सामाजिक सहिष्णुता र सौहार्दतालाई कमजोर पार्ने गतिविधि भइरहेको बताउनुभएकबाे हाे । नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक पहिचान रहेको भन्दै उहाँले आपसी एकता, सहिष्णुता र सौहार्दतालाई कुनै पनि हालतमा कमजोर हुन दिनु नहुने बताउनुभयाे। गृहमन्त्री श्रेष्ठले सहिष्णुता कमजोर पार्ने प्रयत्नका विरुद्धमा सरकारले कानुनी र प्रशासनिक रूपमा हस्तक्षेप गर्ने स्पष्ट पार्नुभयाे । यसको निम्ति सबै सचेत हुनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयाे । गृहमन्त्री श्रेष्ठले अर्थतन्त्रमा देखा परेका समस्याका कारण…
Read More
प्रहरी र आन्दोलनरत शिक्षकबीच बानेश्वरमा घम्साघम्सी

प्रहरी र आन्दोलनरत शिक्षकबीच बानेश्वरमा घम्साघम्सी

४ असोज, काठमाडौं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा बिहीबार दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौंको माइतीघर–बानेश्वरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू र प्रहरीबीच घम्साघम्सी चलेकाे हाे । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलन माग पूरानभएसम्म चल्ने उनीहरूकाे भनाइ छ । शिक्षकहरू आन्दोलनमा उत्रिएसँगै सामुदायिक विद्यालयको पठनपाठन अस्तव्यस्त बनेको छ । विद्यार्थीहरू विद्यालय पुगेर फर्किएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत…
Read More
३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ भारतीय नागरिक पक्राउ

३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ भारतीय नागरिक पक्राउ

४ असोज,काठमाडौं । ३२ थान मोबाइलसहित नेपालगञ्ज विमानस्थलबाट ४ जना भारतीय नागरिक पक्राउ परेका छन् । जहाजमा काठमाडौं जाने तयारीमा रहेका भारतको मध्यप्रदेशका उनीहरुलाई ३२ थान मोबाइलसहित विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ पर्नेमा अमित सोलङ्की, सचिव कुकरेजा, कमल बन्सारी र अर्का अमित रहेका छन् । सेकेन्ड हेण्ड मोबाइल बनाउन काठमाडौं जान लागेको उनीहरुले दावी गरेका छन् । प्रहरीले चोरीको मोबाइल काठमाडौंमा बेच्न लैजान लागेको शङ्का गरेको छ । भिभो, अपो, रेडमी, सामसुङ लगायतका कम्पनीको मोबाइल प्रहरीले बरामद गरेको हो ।
Read More
वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष पाण्डे

वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष पाण्डे

४ असाेज, काठमाडाैँ । शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो। गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो। यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ। यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा…
Read More
चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष बुढा

चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडा अध्यक्ष बुढा

४ असाेज, काठमाडाैं ।  नेपालको लुम्बिनी प्रदेश रुकुम (पूर्व) जिल्लामा पर्ने भूमे गाउँपालिकामा साविकका महत, काँक्री, मोराबाङ, काँडा, चुनबाङ गरी ५ गा.वि.स.हरु र साविकको रुकुमकोट गा.वि.स.को वडा नं. ४ समेत समावेश भएका छन्। यस गाउँपालिकाको पूर्वमा बागलुङ जिल्ला, पश्चिममा सिस्ने गाउँपालिका र मुसिकोट नगरपालिका, उत्तरमा पुथा उत्तरगंगा गाउँपालिका तथा दक्षिणमा रोल्पा जिल्ला रहेका छन्। ५ वटा वडा कार्यालयहरु रहेको यस भूमे गाउँपालिकाको केन्द्र भूमे गाउँपालिका वडा नं. २ खाबाङबगरमा रहेको छ । भूमे गाउँपालिकामा वडा नम्बर ६ का वडा अध्यक्ष विक्रम पुन मगर स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ। पछिल्लो समय वडा नम्बर ६ मा…
Read More
इलाममा डेंगु संक्रमणले एक बालिकाको मृत्यु

इलाममा डेंगु संक्रमणले एक बालिकाको मृत्यु

४ असाेज, काठमाडाैं । इलाममा डेंगु संक्रमणबाट एक जना बालिकाको मृत्यु भएको छ । इलामको रोङ गाउँपालिका–३ का ददिराम राईकी चार वर्षीया छोरी स्निहान राईको डेंगु सङक्रमणबाट बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गत भाद्र ३० गते बिरामी भएकी बालिकाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हाे ।
Read More
बागमती नदीमा फसेका लामाको सकुशल उद्धार

बागमती नदीमा फसेका लामाको सकुशल उद्धार

 ४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले काठमाडौंको दक्षिणकालीस्थित बागमती नदीमा अड्किएका एक व्यक्तिको सकुशल उद्धार गरेको छ । बुधबार मध्यराति राति काठमाडौंको दक्षिणकाली नगरपालिका–८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाको सिम्पानी राई टोलका ४० वर्षीय राम बहादुर लामाको उद्धार गरिएको सशस्त्रका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो । पानीको बहाव कम भएका बेला नदी पारि गएका लामा बहाव बढेसँगै वारि आउन नसकी नदी किनारको पहरामा फसेका थिए । उक्त खबर प्राप्त भएपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं २० विपद उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ र सशस्त्र प्रहरी बल नेपाल नं १८…
Read More
आलुकाे उचित मूल्य नहुँदा कृषक चिन्तित

आलुकाे उचित मूल्य नहुँदा कृषक चिन्तित

४ असोज,भोजपुर । भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ । विगत वर्षको तुलनामा यस वर्ष आलुको मूल्य आधाले घटेको टेम्केमैयुङ–५ चोलन्तीका पुष्कर विष्टले बताउनुभयो । किसानले गत वर्ष प्रतिकिलो रु ५० मा बिक्री गरेको आलु यस वर्ष प्रतिकिलो रु २५ मा बिक्री गर्न थालेको उहाँको भनाइ छ । चोलन्ती गाउँ र मझौले गाउँमा वार्षिकरुपमा ५० देखि ५५ मेट्रिक टनसम्म आलु उत्पादन हुने गरेको किसान बताउँछन् । “यस वर्ष आलुको मूल्य घटेपछि किसानमा निरासा बढेको छ”, विष्टले भन्नुभयो, “मूल्यमा…
Read More
Page 114 of 452
1 … 112 113 114 115 116 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.