समाज

आजको मौसम : हल्का वर्षाको सम्भावना

आजको मौसम : हल्का वर्षाको सम्भावना

४ असोज,काठमाडौँ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन÷चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । आज कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पछिल्लो तीन घण्टा यता विशेष गरी कोशी प्रदेशको…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष श्रेष्ठ

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छाैँ : अध्यक्ष श्रेष्ठ

४ असाेज, काठमाडाैँ । शहिद लखन गाउँपालिका नेपालको संविधान २०७२ को कार्यान्वयनको क्रममा स्थानीय तहको गठन आदेश बमोजिम मिति २०७३ फाल्गुन २७ गते गठन भएको हो। गोरखा जिल्लालो दक्षिणपूर्वी भागमा रहेको यस गाउँपालिकामा साविकका बक्राङ्ग, मनकामना, ताक्लुङ्ग, घैरुङ्ग, बुंकोट र नामजुङ्ग गा.वि.स.हरु समावेश भइ यस गाउँपालिकाको गठन भएको हो। यस गाउँपालिकाको सिमाना पूर्वमा भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिकार धादिङ्ग जिल्ला, पश्चिममा गोरखा नगरपालिका र तनहुँ जिल्ला, उत्तरमा भिमसेन थापा गाउँपालिका र गोरखा नगरपालिका, दक्षिणमा गण्डकी गाउँपालिका, तनहुँ जिल्ला र चितवन जिल्ला रहेको छ। यस गाउँपालिकामा मगर, गुरुङ्ग, नेवार, क्षेत्री, ब्राम्हण, चेपाङ्ग र दलितहरुको मुख्य बसोवास रहेको छ भने अन्य जातिहरुमा…
Read More
कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष घले

कृषिलाई व्यवसायमय बनाउदै : अध्यक्ष घले

४ असाेज, काठमाडाैँ । नेपालको करिब मध्ये भागमा पर्ने गण्डकी प्रदेशको पर्यटकीय जिल्ला लमजुङ ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका मिलेर बनेको छ । यसै अन्तर्गतको एक गाउँपालिका मस्र्याङदी गाउँपालिका हो ।  यसको पूर्वी सिमाना दोर्दी गाउँपालिका, पश्चिमः क्व्होलासोथार गाउँपालिका ,दक्षिणःबेसिशहर नगरपालिका छ भने उत्तरी सिमानामा मनाङ जिल्लाको नासोङ गाउँपालिका रहेको छ । घनपोखरा, हनीहन्टीङ् थाम्रोयु,सिउरुंग होम स्टे , विर भक्ती थापा पार्क, स्यागे झरना,जगत तातोपानी कुण्ड, रक गार्डेन,चिप्ला क्यानोनिङ्, बाहुनडाँडा तातोपानी कुण्ड,राष्ट्रकवी माधव प्रसाद घिमिरे जन्मस्थल, बराह पोखरी, डा।हर्क गुरुङ् समाधी स्थल, सुरुङ्मार्ग,भुस्मे तामाङ् होम स्टे, गाईखुरेश्वर महादेव,सिद्ध कोटकालीका पर्यटकिय केन्द्र समेटिएको यस पालिका को जनसंख्या करिब २३३८६…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष गुरुङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष गुरुङ

४ असाेज, काठमाडाैँ । दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स. २०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको ९१ (८० वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित दोर्दी गाउँपालिका वडा नं. ४ का वडा…
Read More
आज विश्व शान्ति दिवस मनाइँदै

आज विश्व शान्ति दिवस मनाइँदै

४ असोज, काठमाडौँ । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । त्यसपछि हरेक वर्ष संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रले यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज यो दिवस मनाइँदैछ ।   यस वर्षको विश्व शान्ति दिवसको नारा ‘एक्सन फर पिस : आवर एम्बिसिन फर द ग्लोबल गोल्स’ रहेको छ । शान्ति कायम गर्नु व्यक्तिगत र सामूहिक उत्तरदायित्व रहेको उल्लेख गर्दै संयुक्त राष्ट्र सङ्घले शान्ति प्रवर्द्धनबाटै दिगो विकास लक्ष्य प्राप्त गर्न मद्दत पुग्ने जनाएको छ ।…
Read More
विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

विद्यालय बन्द नगर्न काठमाडौँ महानगरको आग्रह

३ असोज,काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।” महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुबेदी

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : अध्यक्ष सुबेदी

३ असाेज, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो ।यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही…
Read More
विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

विकास र समृद्धिका लागि सङ्घीयताको व्यवहारिक कार्यान्वयनमा जोड

वासुदेव पौडेल र कृष्ण दवाडी ३ असोज, गण्डकी । नवौँ संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आयोजित विशेष कार्यक्रममा संविधानको मर्म र भावना अनुरुप जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्न सङ्घीयताको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ । उत्साहपूर्ण व्यपाक जनसहभागितामा संविधानसभाबाट प्राप्त भएको संविधान आफैँमा महत्वपूर्ण रहेको बताउँदै कार्यक्रमका वक्ताहरूले संविधानले प्रदान गरेका अधिकारको कार्यान्वयन एवम् दायित्व पूरा गर्न सम्पूर्ण राजनीतिक दल एवम् आम नागरिकको सार्थक पहल र सहकार्य आवश्यक भएको बतानुभयो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान दिवसले सबैलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान…
Read More
भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

३ असोज,कञ्चनपुर। भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी, ग्राभेल र माटो उत्खननमा रोक लगाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौलीका अनुसार महाकाली नदीको हकमा इआइएको कार्य सुदूरपश्चिम प्रदेशस्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनका क्रममा रहेको छ । महाकाली नदीबाहेक अन्य नदी तथा खोलाहरुको हकमा आइइइ रिभ्युका क्रममा रहेकाले हाललाई नदीजन्य पदार्थको उत्खनन सङ्कलन र बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भएकाले अर्को निर्णय नहँुदा सम्मका लागि रोक लगाइएको…
Read More
नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

 ३ असोज,मध्यविन्दु (नवलपरासी)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह सञ्चालन गरेसँगै यहाँका स्थानीयलाई सहज भएको हो । आफ्नै गाउँघरमा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा लिन पाउँदा स्थानीय खुसी भएका छन् । सामान्य बिरामी हुँदा भरतपुरतिर जानुपर्ने बाध्यता हटेको मध्यविन्दु नगरपालिका–७ की माया न्यौपानेले बताउनुभयो । “आफ्नै गाउँ नजिकै यसरी धेरै सेवा लिन पाउँदा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “दिनरात जुन समयमा स्वास्थ्य समस्या परे पनि उपचार पाइन्छ भन्नेमा विश्वस्त भएका छौँ ।” नगर अस्पताल व्यवस्थित हुँदा…
Read More
Page 115 of 452
1 … 113 114 115 116 117 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.