समाज

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एककाे मृत्यु, १० घाइते

बाँकेको बाल सुधार गृहमा झडप हुँदा एककाे मृत्यु, १० घाइते

५ असाेज, काठमाडाैं । बिहीबार राति  डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार राति भएको झडपमा एक जनाको मृत्यु भएको हाे । साेही घटनामा १० जना गम्भीर घाइते भएको बाल सुधार गृहका इन्चार्ज विमला काउचा मगरले बताउनुभयाे । दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। बाल सुधार गृहमा पटक–पटक झडप हुँदै आएको छ। बाल सुधार गृहभित्र बिहीबार राति झडप नियन्त्रणका लागि सुरक्षा निकाय समेत प्रवेश गर्न समस्या…
Read More
शिक्षकहरुसँग औपचारिक वार्ता जारी, आज निष्कर्षमा पुग्ने दाबी

शिक्षकहरुसँग औपचारिक वार्ता जारी, आज निष्कर्षमा पुग्ने दाबी

५ असोज, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शिक्षकहरुका मागमा आज निष्कर्षमा पुग्ने दाबी गरेका छन् । आजको वार्तामा शिक्षकहरुको माग पूरा गर्नेगरी छलफल हुने र निष्कर्षमा पुगिने उनको भनाइ छ । शिक्षकहरुसँगको औपचारिक वार्ता सुरु हुनुअघि गृह, शिक्षा, सन्चार र कानुनमन्त्रीहरुबीच भएको आन्तरिक छलफलमा सहभागी मन्त्री गुरुङले भने, ‘शिक्षक साथीहरुका मागमा हामीले बुँदागत रुपमा हिजोदेखि नै छलफल गरेका छौं । अब अन्तिम टुंगो लगाउने छौं । आज टुंगिन्छ ।’ मन्त्रीहरूको आन्तरिक छलफलपछि गृह मन्त्रालयमा शिक्षक प्रतिनिधिहरूसँग औपचारिक वार्ता जारी छ । यसअघि बिहीवार पनि २ पटक वार्ता भएपनि कुनै निष्कर्ष निस्किन सकेको थिएन । शिक्षकहरू विद्यालय…
Read More
विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा

५ असोज,झापा। हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो । ज्येष्ठ नागरिक बिरामीलाई आवतजावतमा समस्या अन्त्य गर्न एम्बुलेन्स सेवा सुरु गरिएको पालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले बताउनुभयो । ज्येष्ठ नागरिकलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका अस्पतालमा लैजानुपरेमा एकतर्फी निःशुल्क र जिल्ला बाहिर लैजानुपरेमा ५० प्रतिशत छुटमा लैजाने व्यवस्था गरिएको छ । पालिकाभित्र बसोबास गर्ने गर्भवतीलाई प्रसूति सेवाका लागि जलथल बर्थिङ सेन्टरमा लैजाँदा र फर्काउँदा निःशुल्क सेवा प्रदान गरिने उहाँले बताउनुभयो । यसैगरी मिर्गौला रोगको कारण डायलायसिस…
Read More
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री दाहाल

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा : प्रधानमन्त्री दाहाल

मधुकर अधिकारी ५ असोज,न्यूयोर्क। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताउनुभएको छ । अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उहाँले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “नेपालले आफ्नो छुट्टै शैलीबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन लागिरहेको छ । प्रधानमन्त्री र बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ताको हैसियतमा प्रक्रियामा जोडिएका सबै पक्ष र सरोकारवालाहरूबीच सहमति जुटाउन गम्भीर प्रयास गरिरहेको छु ।” सत्य निरुपण तथा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संशोधनका लागि सङ्घीय संसद्मा दर्ता भएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले पीडित सरोकारवाला पक्ष र…
Read More
बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

बाँकेको बालसुधार गृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

५ असोज, नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । मृत्युहुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार…
Read More
पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

पूर्वमन्त्री खेमराज भट्ट मायालुको निधन

५ असोज, काठमाडौं । पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्ट काठमाडौंको बीर अस्पतालमा उपचाररत थिए । डडेलधुरामा जन्मिएका भट्ट गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम बिष्फोट गराएको थियो । त्यतिबेला मायालु जनवादी मोर्चाको उपाध्यक्ष थिए । पछि उनी नेपाली कांग्रेसको राजनीतिमा लागेका थिए । २०५६ सालको आम निर्वाचनमा बर्दियाबाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनी केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । त्यसपछि उनी चुनाव लडेनन् । पछि उनी नेपाली कांग्रेस…
Read More
वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष लामा

वडाबासीहरूलाई लक्षित गर्दै याेजनाहरू ल्याएका छाैँ : अध्यक्ष लामा

५ असोज, काठमाडौँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू ९समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ । कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९ उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला…
Read More
विकास निमार्णका कामहरू तिव्र गतिमा अगाडि बढाउदै : वडा अध्यक्ष गुरूङ

विकास निमार्णका कामहरू तिव्र गतिमा अगाडि बढाउदै : वडा अध्यक्ष गुरूङ

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेशको एतिहासिक तथा प्राचिनतम महत्त्व बोकेको गोरखा जिल्ला अन्तर्गत पर्ने यस बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिका घोषणा गर्दा साविकका बारपाक,स्वारा, स्वौरपानी, ताकुमाझलाकुरिबोट, ताकुकोट,पाचँखुवा देउराली र पन्द्रुङ गा .वि .स . समावेश गरिएको छ । बिश्वकै ध्यान केन्दित गरेको महाभूकम्प २०७२ को केन्द्रबिन्दु बारपाक एतिहासिक र पर्यटकिय रुपले रमणीय सुलिकोट डाँडा, प्रसिद्द सिता गुफा, ताकुकोट माईभगबती जस्ता सांस्कृतिक र एतिहासिक महत्त्व बोकेका स्थलहरुले सिंगारिएको पवित्र भुमि यस गाउँपालिकाको चिनारी हो । यस गाँउपालिकामा गुरुङ्ग,घले, बराम, ब्राह्मण,क्षेत्री,तामाङ्ग,नेवार,दलित,मगर, मुस्लिम आदि जातजातिहरुको बसोबास रहेको छ। यहाँ मनाईने मुख्य चाडपर्वमा ब्राह्मण,क्षेत्री,दलितहरुले दशै,तिहार रहेका छन। त्यसैगरी बरामहरुले चण्डि पुर्णिमा, गुरुङ्गले ल्होसार, मुस्लिमले…
Read More
वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष लामा

वडाको चौतर्फी विकास गर्दै : अध्यक्ष लामा

५ असाेज, काठमाडाैँ । गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू ९समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास० मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ । कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल ९ उचाइ ८१६३ मिटर यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली ९७८९३ मिटर० र सृङ्गी ९७१८७ मिटर जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला…
Read More
सरकार र शिक्षकबीच आज औपचारिक वार्ता

सरकार र शिक्षकबीच आज औपचारिक वार्ता

५ असोज, काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुबीच आज औपचारिक वार्ता हुँदै छ । वार्ता बिहान नौ बजे सुरु गर्ने तयारी छ । यसअघि बिहीबार बिहान र बेलुका दुई चरणमा अनौपचारिक छलफल भएको थियो । बिहानको छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा मन्त्री अशोक कुमार राई र शिक्षक आन्दोलनको नेतृत्वकर्ता नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी थिए । बिहीबार बेलुका फेरि गृहमन्त्री श्रेष्ठ, शिक्षामन्त्री राईका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ सहित ती मन्त्रालयका सचिवहरुसहित शिक्षकका प्रतिनिधिहरुसँग छलफल भएको थियो । साँझ ७ बजेदेखि सुरु भएको…
Read More
Page 113 of 452
1 … 111 112 113 114 115 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.