समग्र वडाको विकास गर्दै अध्यक्ष खनाल
♣ हस्ता विष्ट २६ फागुन, काठमाडाैँ । तनहु जिल्लाको भानु नगरपालिका वडा नंं. ६ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ६ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष धिरेस खनाल । उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष खनाल अहोरात्र खटिरहनु भएको छ । भानु नगरपालिका वडा नंं. ६ मा जम्मा बजेट ६० लाख विनियोजन गरिएको वडा अध्यक्ष…
