समग्र वडाको विकास गर्दै अध्यक्ष मल्ल
♠ हस्ता विष्ट १३ चैत्र, काठमाडाैँ । गैंडाकोट नगरपालिका नेपालको मध्यभागमा अवस्थित साविक नवलपरासी जिल्ला बाट टुक्रिएर बनेको पूर्वी तर्फको खण्ड नवलपरासी जिल्लाको पूर्वी भागमा पर्दछ । नेपालको राजधानी शहर काठमाडौंबाट १५० कि।मी। दक्षिण पश्चिम, गण्डकी प्रदेशको राजधानी पोखराबाट १३० कि।मी। दक्षिणमा अवस्थित छ । यसको पूर्व र दक्षिणमा चितवन जिल्ला ९भरतपुर महानगरपालिका०, पश्चिममा देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिका, उत्तरमा तनहुँ जिल्ला रहेको छ । यसको पूर्व र दक्षिणमा नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा कालिगण्डकी नदि र पश्चिम तर्फ झरही खोलाले सिमाना छुट्टाएकोले यसलाई नदिवेश्ठित नगरपालिका भन्न सकिन्छ । नेपाल सरकारबाट मिति २०७१।१।२५ मा घोषणा भई २०७१।२।७ मा…
