पूर्वाधार विकासकाे धमाधाम काम भइरहेकाे छ : कार्यबाहक वडा अध्यक्ष महर्जन
बागमती प्रदेश काठमाडाैं जिल्लामा अवस्थित काठमाडाैं महानगरपालिका वडा नं. १६ का कार्यबाहक वडा अध्यक्ष पुष्प महर्जन स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमतका साथ निर्वाचित हुनु भएकाे हाे । कार्यबाहक वडा अध्यक्ष महर्जन वडाको कार्यभार समाल्दै निरन्तर विकास निमार्णका कार्यमा खटिरहनु भएकाे छ । महर्जन नविन ऊर्जाका साथ वडाको जिम्मेवारी सम्हालिरहेका छन् । स्थानीय तह निर्वाचन नेपालमा संघीयताको प्रयास हाे । संघीयताको एउटा मोडालिटीमा मुलुक गइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन भइसकेकाे छ । गाउँ-गाउँमा सिंहदरबारको नाराले वडाकाे मुहार व्यापक रूपमा फेरिएको छ । अघिल्लो पटकभन्दा यस पटक वडाको अधिकांश टाेलमा विकास निर्माणका कामहरू धमाधम…
