प्रमुख समाचार

दुई दशकपछि खाल्सामा कालोपत्र

दुई दशकपछि खाल्सामा कालोपत्र

२७ मङ्सिर , धनकुटा ।  शिलान्यास भएको २१ वर्षपछि धनकुटाको सहिदभूमिको खाल्सा क्षेत्रमा सडक कालोपत्र हुने भएको छ । उक्त स्थानमा विसं २०५८ मा कच्ची सडक पुगेको थियो । खाल्सा क्षेत्रका तात्कालीन गाविस हाल सहिदभूमि गाउँपालिकाको आँखीसल्ला, खोकु र छिन्ताङसम्मको सडक तात्कालीन धनकुटाका प्रमुख जिल्ला अधिकारी शम्भु कोइरालाले शुभारम्भ गर्नुभएको थियो । प्रदेश नं १ सरकारको प्रादेशिक विशेष सडक आयोजनाअन्तर्गत रु २९ करोड ७२ लाख ९८ हजारको लागतमा उक्त सडक कालोपत्र हुन लागेको हो । मध्यपहाडी लोकमार्गमा अवस्थित धनकुटा नगरपालिका–१ को व्यापारिक केन्द्र हिले बजारबाट सहिदभूमि गाउँपालिकाको थलथले बजारसम्म १० किमी सडक बन्न लागेको हो । सन् २०२१ सेप्टेम्बर २२…
Read More
जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ को मृत्यु

जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ को मृत्यु

 २७ मङ्सिर, जाजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक…
Read More
जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने एकजना गम्भीर घाइते छन् । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको हो। मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् । यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको…
Read More
‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’

‘मान नदिकाे स्थायी समास्या समाधान नभए नेपाल-भारतकाे सिमान छुट्याउन गाह्राे हुन्छ’

♦गाेमा बिष्ट २६ मंसिर, काठमाडाैँ । बर्दिया जिल्लाको तेस्रो ठूलो नदीका रुपमा चिनिएको मान नदीले गरेकाे कटान नियन्त्रणकाे लागि वडा कार्यालयले अथक प्रयास गरिरहेकाे छ । वर्षेनी आउने बाढीले त्यहाँकाे सायाैँ विगहा जमिन कटान भइसकेकाे बढैयाताल गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले बताउनुभयाे । उहाँले भन्रुभयाे, ' बाढीबाट कटान र डुवानले हैरान भएका स्थानीयवासीले पटक-पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि दिर्घकालिन रूपमा समस्याकाे समाधान भएकाे छैन । जसकारण यहाँका जनता वर्षेनी दु:ख पाइरहेका छन्।' उहाँले सरकारले दिर्घकालिन रूपमा समस्याकाे समाधान नगरे थप जमिन कटान हुने प्रबल सम्भवान रहेकाे साथै नेपाल र भारतकाे सिमान नै छुट्याउन गाह्राे हुने…
Read More
स्थानीय तहको क्षमता विकास गर्न जरुरी : प्रधानमन्त्री देउवा

स्थानीय तहको क्षमता विकास गर्न जरुरी : प्रधानमन्त्री देउवा

२५ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउनुभयाे यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उहाँले आग्रहसमेत गर्नुभएको छ। उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे । सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयाे । साथैं उहाँले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । link; https://youtu.be/oYUIzCaidM0
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।  हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको…
Read More
नेपालकै नमुना वडा भएको अध्यक्ष चौधरीकाे दाबी  

नेपालकै नमुना वडा भएको अध्यक्ष चौधरीकाे दाबी  

२२ मंसिर, काठमाडौं। नेपालको सुदूरपश्चिम प्रदेश कैलालीकाे टिकापुरस्थित वडा नम्बर ६ काे अहिले विकासले मुहार फेरिएको छ। जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बलिराम चौधरीले बन्नुभएकाे छ । विकास निर्माणका कार्यमा जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् । उहाँले सम्रग वडाबासीकाे आर्थिक उन्नतिकाे लागि विभिन्न याेजनाहर अघि बढाइरहेका छन् । साेही कारण स्थानीयहरू हर्षित हुर्दै उहाँका भरपुर साथ दिइरहेका छन् । उहाँले भन्नुभयाे, 'पहिलेकाे कार्यकाल भन्दा अहिलेकाे कार्यकाल अझैं  सहज छ ।' उहाँ कहिल्यै विकास निर्माणका कार्य गरेर निरास वा आलस्य हुनु भएन उहाँमा भएको काम…
Read More
विद्युतमय वडा बनाउँदै रोल्पाका अध्यक्ष कबिराज

विद्युतमय वडा बनाउँदै रोल्पाका अध्यक्ष कबिराज

२१ मंसिर, काठमाडाैं । दोस्रो पटक निवाचित भएपछि पहिलो कार्यकाल झै उत्साहका साथ कार्य गरिरहेका छन् राेल्पाका वडाध्यक्ष कबिराज बुढा मगर । सबैको सहयोगमा मात्रै चौतर्फी विकास हुनसक्ने राेल्पाका त्रिवेणी गाउँपालिका  वडा नम्बर २ का अध्यक्ष  बुढा मगरले बताउनु भयाे । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण  बन्नुभएकाे छ वडाध्यक्ष बुढा मगर  । विकास निर्माणको कार्यमा जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्ष पदमा जिताएका हुन् । वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । यो वडामा धेरै परिवर्तन आएको छ । आधा, अधुरा रहेका विकास निर्माणका कार्यहरुले…
Read More
वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौं : वडा अध्यक्ष पासवान

२३ मंसिर, काठमाडाैं।  लुम्बिनी प्रदेश बर्दियाको सदरमुकाम गुलरियास्थित वडा नम्बर ९ काे अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष हरि प्रसाद पासवान । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षकै रुपमा पत्याएका छन् । यसअघिको कार्यकालमा भएकाे विकासका कारण जनताले यसपालि पनि पासवानलाई जिताएका हुन् । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माणका कार्यहरू अहिले तीव्र गतिमा भइरहेकाे छ । वडा नम्बर ९ का वडा अध्यक्ष हरि प्रसाद पासवानले…
Read More
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

गलेश्वर । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन् । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन् । उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ ।हजुरबुवा (बाजे) को…
Read More
Page 124 of 125
1 … 122 123 124 125
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.