जसपा संसदीय दलको निर्वाचन बुधबार हुने
१२ पाैष, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ । पार्टी विधान अनुसार संसदीय दलको निर्वाचनका लागि बुधबारका लागि चुनावी कार्यतालिका सार्वजनिक भएको हो । जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठबन गरिसकेको छ । संसदीय दल निर्वाचन समिति सदस्यमा अर्जुन थापा र दीपेन्द्र झा हुनुहुन्छ । जसपा संसदीय दलको नेतामा नेता अशोक राईसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आउनुभएको छ । बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । यसअघि नै नेता अशोक राईको नाममा सहमति हुने सम्भावनासमेत रहेको बताइएको छ । निर्वाचन…
