समाज

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

कार्यालयमा जनशक्ति अभाव, सेवाग्राहीलाई सास्ती

१३ माघ,ढोरपाटन । बागलुङस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको कार्यक्षेत्र तीन जिल्ला हो । यहाँ कर्मचारी दरबन्दी पनि तीन जना नै छ । विसं २०७४ मा स्थापना भएको उक्त कार्यालयमा केही महिना आगाडिसम्म दुई कर्मचारीले मात्रै काम गर्दै आएका थिए । डेढ महिनाअघि एक जना थपिनुभएको छ । कार्यालय स्थापना हुँदा एक खाद्य अनुसन्धान अधिकृत र दुई प्राविधिक सहायकको दरबन्दी स्वीकृत थियो । पाँच वर्षपछि मात्रै यहाँ दरबन्दी परिपूर्ति भएको छ । तर यो दरबन्दी तीन जिल्ला कार्यक्षेत्र भएको कार्यालयका लागि न्यून हो । डेढ महिना अघिसम्म एक अधिकृत र एक प्राविधिक सहायकको भरमा सञ्चालन भएको सो कार्यालयमा…
Read More
पदभार ग्रहण गर्ने बितिकै एक्सनमा उत्रिए खानेपानी मन्त्री खान

पदभार ग्रहण गर्ने बितिकै एक्सनमा उत्रिए खानेपानी मन्त्री खान

बारा । जनमत पार्टीका उपाध्यक्ष तथा खानेपनी मन्त्री अब्दुल खानले पदभार ग्रहण गरेसँगै खानेपानी क्षेत्रकाे सुधानकाे लागि एक्सनमा उत्रिनु भएकाे छ । बुधबार उहाँले खानेपानी परियोजनाकाे अनुगमन गर्न बारा जिल्ला आउनु भएकाे जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव एवं आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष प्रत्यासी विजय गुप्ताले जानकारी दिनुभयाे । साे क्रममा मन्त्री खानले आदर्श कोतवाल गाउँपालिका वडा नं ०१ स्थित चिउटाहाँमा निर्माण भइरहेको पानी ट्याङ्गीको अनुगमन गर्नु भएकाे हाे । अनुगमनका क्रममा मन्त्री खानले पानी ट्याङ्गी निर्माणकाे गुणस्तरियतामा विशेष ध्यान दिन निर्देशन दिनु भएकाे छ । उहाँले निर्देशन दिँदै भन्नुभयाे, ‘ट्याङ्गी निर्माणकाे गुणस्तरियतामा कुनै सम्झाैता हुँदैन।’ उहाँले समयमै निर्माण कार्य…
Read More
क्यानले भन्यो : सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं

क्यानले भन्यो : सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफलमा छौं

१२ माघ, काठमाडौं ।  नेपाल क्रिकेट संघ क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको बताएको छ। काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको विद्यमान कानूनले जे अनुमति दिन्छ त्यसै अनुसार अघि बढ्ने बताएका छन् । आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यही अनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौं । बलात्कारको आरोपमा थुनामा रहेका सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । थुनाबाट रिहा भएकाले उनलाई टिममा फर्काउनु पर्ने एकथरीको माग छ भने उनीमाथि बलात्कारको…
Read More
चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

चुरे फेदका बस्तीमा डिप ट्युबवेल जडान

१२ माघ, कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–८ का किसानका लागि सिँचाइ सुविधा उपलब्ध गराउन दुई वटा डिप ट्युबवेलका योजना सञ्चालन गरिएका छन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले मणिधाम टोल र शान्ती टोल फुलेलीमा डिप ट्युबवेल गाड्ने कार्य सुरु गरेको छ । उपभोक्ता समिति गठन गरी योजना निर्माणका कार्य अगाडि बढाइएका छन् । वडाध्यक्ष बहादुरसिंह महराका अनुसार मणिकाधाममा र फुलेलीमा रु एक÷एक करोडको लागतमा योजना निर्माणको काम भइरहेको छ । दुवै योजना निर्माणबाट आठ सय परिवार लाभान्वित हुने उहाँले बताउनुभयो । “दुवै योजनाबाट एक सय २० हेक्टर जग्गामा सिँचाइ सुविधा उपलब्ध हुने छ”, उहाँले…
Read More
राहदानी सेवा दु्रत बनाउन कार्ययोजना बनाइँदै

राहदानी सेवा दु्रत बनाउन कार्ययोजना बनाइँदै

१२ माघ, काठमाडौँ।  राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्ययोजना बनाउने तयारी गरिएको विभागले जनाएको छ । विभागमा सधँै सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको घण्टौँ लामो लाइन तथा भीड घटाउन हामीले कार्ययोजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेका छौँ तर कस्तो किसिमको कार्ययोजना बनाउने त्यस विषयमा गृहकार्य हुँदैछ ।” कार्ययोजनाको खाका छलफलकै क्रममा रहेको र यसको जिम्मेवार सबै निकायबाट पारित भएपछि कार्यान्वयन…
Read More
शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

शिक्षा क्षेत्रको रुपान्तरण आवश्यक : शिक्षामन्त्री खनाल

काठमाडौँ, १२ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले शिक्षा क्षेत्रको रुपान्तरणका लागि सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनुभएको छ । काठमाडौँ तारकेश्वर-११ स्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका संस्थापक व्यवस्थापन समितिका अध्यक्ष स्वर्गीय ढकालध्वज थापाको प्रतिमा अनावरण तथा सम्मान कार्यक्रममा बोल्दै उहाँले नेपालको शिक्षा जटिल अवस्थामा रहेको र यसलाई रुपान्तरण गर्नका लागि अग्रज तथा विज्ञहरुसँग छलफल र समन्वय गर्ने बताउनुयो । “मुलुकको शिक्षा जटिल अवस्थामा छ, शिक्षा क्षेत्रमा ठूलो संरचना निर्माण गर्नुपर्नेछ”, उहाँले भन्नुभयो, “विद्यालयमा समयमै पाठ्यपुस्तक पु¥याउन र गुणस्तर बढाउने विषयमा काम गर्नेछु ।” उहाँले शिक्षाको गुणस्तरीयतासँगै ८० लाख विद्यार्थी र ४÷५ लाख शिक्षक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुभयो…
Read More
स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

स्याङ्जामा भण्डारण गरिएको सुन्तला कुहियो

१२ माघ , वालिङ ।   स्याङ्जामा शीतभण्डारमा भण्डारण गरिएको सुन्तला कुहिएपछि किसान चिन्तित भएका छन् । स्याङ्जा शीतभण्डार सहकारीले सञ्चालनमा ल्याएको शीतभण्डारमा भण्डारण गरिएको केही सुन्तला कुहिएको हो । किसानले बढी आम्दाी गर्ने उद्देश्यका साथ सुन्तला शीतभण्डारमा भण्डारण गरेका थिए । तर उल्टै कुहिएपछि घाटा हुने भन्दै उनीहरु चिन्तित बनेका हुन् । पुतलीबजारका रामबन्धु अर्यालले शीतभण्डारमा ५० क्यारेट सुन्तला भण्डारण गर्नुभएको थियो । केही दिन अघि हेर्दा छ÷सात क्यारेट जति सुन्तला कुहिएको उहाँले बताउनुभयो । अब उहाँ चाँडै सुन्तला बिक्री गर्ने तयारीमा हुनुहुन्छ । अहिले बोटबाटै प्रतिकिलो रु ८५ देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । “कुहिन थालेपछि शीतभण्डारमा…
Read More
सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि

१२ माघ, सुर्खेत। सुर्खेतमा पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको हो । अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक–एक जनामा दादुरा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो । छिमेकी जिल्ला बाँकेमा दादुरको संक्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि संक्रमण देखिएकाले सतर्कता अपाउन उहाँले सुझाव दिनुभयो । दादुरासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि परीक्षण गर्दा दादुरा पुष्टि भएको केसीको भनाइ छ । दादुराका बिरामी भेटिएपछि प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले अहिले विभिन्न ठाँउमा परीक्षण र खोप अभियानलाई तीव्रता दिएको छ । नेपालले सन् २०१९ भित्र…
Read More
टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु

१२ माघ, काठमाडाैं ।  पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ८ ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका–१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाका अनुसार तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो । दुर्घटनापश्चात् खोततलास गर्ने क्रममा न्यौपानेको शव आज बिहान तिनाउ खेलामा फेला परेको हो । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Read More
प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान

प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्छु : मन्त्री खान

काठमाडाैं । खानेपानी मन्त्री अब्दुल खानले प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण गर्नुहुँदै उहाँले भन्नुभयो, “पानी भनेको हाम्रो जीवन हो, पानी बिना हामी बाच्न सक्दैनौँ, एक घर, एक धाराको अवधारणाअनुसार प्रत्येक परिवारलाई स्वच्छ खानेपानीको प्रबन्ध मिलाउने छु ।” खानेपानीका विषयमा आउने गरेका समस्या तथा गुनासाका विषयमा मन्त्रालयमा कल सेन्टर अथवा सुझाव स्थापना गर्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “नागरिकका गुनासा सुन्नका लागि हामीले कल सेन्टर स्थापना गर्ने छौँ, कल सेन्टरमा आएका गुनासा तत्काल समाधान गर्नका लागि एउटा छुट्टै समिति बनाइने छ र समस्या समाधान गर्ने छौँ ।” यसैगरी मन्त्री खांनले खानेपानी मन्त्रालयले सञ्चालन गरेका…
Read More
Page 417 of 452
1 … 415 416 417 418 419 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.