Share Icon

बारा । जनमत पार्टीका उपाध्यक्ष तथा खानेपनी मन्त्री अब्दुल खानले पदभार ग्रहण गरेसँगै खानेपानी क्षेत्रकाे सुधानकाे लागि एक्सनमा उत्रिनु भएकाे छ ।

बुधबार उहाँले खानेपानी परियोजनाकाे अनुगमन गर्न बारा जिल्ला आउनु भएकाे जनमत पार्टी बाराका निवर्तमान जिल्ला सचिव एवं आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष प्रत्यासी विजय गुप्ताले जानकारी दिनुभयाे ।

साे क्रममा मन्त्री खानले आदर्श कोतवाल गाउँपालिका वडा नं ०१ स्थित चिउटाहाँमा निर्माण भइरहेको पानी ट्याङ्गीको अनुगमन गर्नु भएकाे हाे ।

अनुगमनका क्रममा मन्त्री खानले पानी ट्याङ्गी निर्माणकाे गुणस्तरियतामा विशेष ध्यान दिन निर्देशन दिनु भएकाे छ ।

उहाँले निर्देशन दिँदै भन्नुभयाे, ‘ट्याङ्गी निर्माणकाे गुणस्तरियतामा कुनै सम्झाैता हुँदैन।’ उहाँले समयमै निर्माण कार्य सम्पन्न गर्न पनि निर्देशन दिनुभयाे ।

Facebook Comments Box

Share Icon